Sunday, August 26, 2012

छात्रामाथि यौन दूर्व्यवहार गर्ने प्रधानाध्यापक प्रहरी हिरासतमा

पानीट्याङ्की (मोरङ), भदौ १०- आफ्नै विद्यालयकी छात्रालाई यौन दुर्व्यवहार गरेको आरोपमा एक प्रधानाध्यापकलाई प्रहरीको जिम्मा लगाइएको छ। यौन दुर्व्यवहारको पोल खुलेपछि मोरङको महादेवा गाविसमा रहेको महादेवा माविका प्रअ दीपकुमार सिंहलाई गाउँलेले हिजो नियन्त्रणमा लिई प्रहरीको जिम्मा लगाएका हुन्।
प्रअ सिंहले एसएलसीको मौका परीक्षाका लागि प्रवेशपत्र लिन घरमा बोलाएर गत साउन १६ गते ती छात्रालाई यौन दुर्व्यवहार गरेका थिए। उक्त कुरा ढिलो गरी खुलेपछि गाउँलेले प्रअ सिंहलाई स्थानीय महादेवा प्रहरी चौकीमा जिम्मा लगाएका थिए।
हिजो चौकीमा प्रअ पक्षका मानिसहरूले रु दुई लाख दिएर मिलापत्र गराउन खोजेपछि गाउँलेले प्रअ सिंहलाई इलाका प्रहरी कार्यालय सिजुवाको जिम्मालगाएका छन्। इप्रका सिजुवाका प्रहरी निरीक्षक गोपाल धमलाले यौन दुर्व्यवहारको आरोपमा सिंहविरुद्ध पीडित छात्राले किटानी जाहेरी दिएको र घटनाको विस्तृत अनुसन्धान भइरहेको बताए।
प्रअलाई कारबाहीको माग गर्दै पीडित पक्षले प्रहरी कार्यालय घेराउ गरेका छन्। रासस

No comments:

Post a Comment