Wednesday, September 19, 2012

पाल्पामा साइना

पाल्पा, आश्विन २ -
चलचित्र 'साइना' को ९० प्रतिशत छायांकन तानसेनका विभिन्न स्थानमा गरिएको
छ । सुटिङ युनिटका अनुसार २० दिनभन्दा बढी तानसेनमै बसेर छायांकन गरिएको
हो । चलचित्रलाई आवश्यक पर्ने मौसम र स्थान तानसेनको वरपर भेटिएकाले यहीं
छायांकन गरिएको बताइएको छ । बांँकी १० प्रतिशत भने काठमाडांैमा छायांकन
गरिने निर्देशक समीर मियाँले बताए ।
फिल्मको तानसेन, श्रीनगरडाँडा, डुम्रेखोला, बतासे र त्रिभुवन क्याम्पसमा
छायांकन भएको छ । 'तानसेनको मौसम निकै राम्रो लाग्यो,' निर्देशक मियाँले
भने, 'कथाअनुसारको सुन्दर लोकेसन पाउन कठिन भएन ।' उनले नेपाली चलचित्रमा
पहिलो पटक पूर्ण 'हरर' स्वाद 'साइना'मा पाइने दाबी गरे । धेरै दृश्यको
सुटिङचाहिँ श्रीनगरडाँडामा रातिको समय गरिएको छ ।
मियाँका अनुसार चलचित्रमा खुस्बु खड्का 'साइना' नामक पात्रको भूमिकामा
हुन्छिन्, उनी नै मुख्य चरित्र हुन् । उनलाई एउटा आवाजले सताउँछ र
काठमाडांैबाट त्यो आवाज पछ्याउँदै पाल्पा आइपुग्छ । साहिल -प्रशान्त
गिरी) लाई एकतर्फी माया गर्ने 'साइना' को भूमिकामा सलोमी गुरुङ देखा
पर्छिन् । साइना भने नायक प्रशान्तकी श्रीमतीको भूमिकामा छिन् । 'साइना'
कै वरिपरि कथावस्तु घुमेको यो चलचित्रको कथावस्तुमा नयाँ प्रयोग गरिएको
निर्माता सुरज प्रधानले दाबी गरे । 'पछिल्लो पटक बग्रेल्ती बन्न थालेको
नेपाली चलचित्रको भीडमा फरकपन दिन खोजेका हौं,' उनले भने । 'थ्याङक्यू'
चलचित्रबाट डेब्यु गरेका प्रशान्त यो चलचित्रले सफलता पाउनेमा आशावादी
छन् । उनले तानसेनका विभिन्नस्थानमा सुटिङ गर्न पाउँदा निकै खुसी लागेको
बताए ।
'यो फिल्ममा काम गर्ने सबै कलाकारको सशक्त भूमिका छ,' कथा, पटकथा, संवाद
र निर्देशन गरेका मियाँले भने, 'निकै मिहिनेतका साथ फरकपनको चलचित्र
निर्माण भएको छ ।' एसपी सिने मेकर्सको ब्यानरमा बनेको चलचित्र विनोद
सापकोटाले खिचिरहेका छन् । सापकोटाले नेपाली र भोजपुरी सहित दर्जनभन्दा
बढी चलचित्रमा छायांकन गरिसकेका छन् ।
यसअघि तानसेनका विभिन्न स्थानमा थुप्रै नेपाली चलचित्र छायांकन भएका छन्
। पछिल्लो पटक 'गोर्खा पल्टन', 'जीवनलीला', 'जिन्दगानी दर्पणछाया' लगायत
चलचित्र छायांकन भएका छन् । पुराना 'प्रेमपिण्ड' लगायत चलचित्र छायांकन
गर्न पनि चलचित्रकर्मीहरू पाल्पा आएका थिए ।

No comments:

Post a Comment