Wednesday, September 19, 2012

बावुको कतारमा हत्या परिवारको बिचल्ली

काठमाडौ, आश्विन २ - कतारमा तीन वर्षदेखि रोजगाररत छितापोखरी-७, खोटाङका
तीर्थबहादुर खड्काको हत्या भएपछि बिरामी श्रीमती र ७ छोरा-छोरीको बिचल्ली
भएको छ । ४२ वर्षका खड्काको एक महिनाअघि कतारमा शंकास्पद हत्या भएको थियो
। हत्याको कारण खुलेको छैन ।
कतारको सनैयास्थित पिनेल्को कम्पनीमा चौकीदार तथा मेसमा कार्यरत खड्का
बेपत्ता भएको तीन दिनपछि हातखुट्टा काटेको अवस्थामा शव भेटिएको कतारमै
कार्यरत खड्काका भाइ राजनले बताए । नेपाली दूतावासलाई घटनाको जानकारी
गराइसकेको बताउँदै उनलेदाइको साथमा रहेको रकमको कारण हत्या भएको हुन
सक्ने जनाएका छन् ।
'तीन वर्षदेखि घर जानु भएको थिएन, एकै पटक रकम लगेर ऋण तिर्ने भनेर करिब
८ लाख रुपैयाँ जम्मा गर्नुभएको थियो,' राजनले फोनबाट कान्तिपुरलाई भने,
'रकमकै कारण हत्या भएको जस्तो लाग्छ, तर हत्यारा पत्ता लागेको छैन ।'
नेपाली दूतावास कतारले घटनाको जानकारी आइसकेको जनाउँदै शंकास्पद
मृत्युबारे कतारी अधिकारीले निश्चित गरी नसकेको बताएको छ । खड्काको
शवकतारमै छ । आफन्तले शव झिकाइदिन परराष्ट्र मन्त्रालयमा निवेदन दिएका
छन् ।
मासिक १५ सय रियाल (करिब ३६ हजार रुपैयाँ) बुझ्ने खड्का कतार गएदेखि एक
पटक ऋण तिर्न करिब ६० हजार र घरायसी खर्चका लागि पटक-पटक गरी १ लाख
रुपैयाँबाहेक रकम नपठाएको नेपालमा रहेका खड्काका भाइ परशुरामले
बताए । 'मंसिरमा घर आएर एकै पटक ऋण तिर्छु र केही जग्गा किनेर फर्किन्छु
भन्नुभएको थियो,' परशुरामले भने, 'अब यहाँ परिवारलाई खान बस्नै समस्या भो
।'
खड्काकी बिरामी श्रीमती र ४ वर्षदेखि १६ वर्ष उमेरका५ छोरी र २ छोरा छन्
। छोराछोरी अर्काको घरमा निमेक गरेर धानिएको बताउँदै खड्काका भतिजा
चिरञ्जीवीले क्षतिपूर्तिका लागि पहल गरिदिन आग्रह गरेका छन् । 'साहूको
भारी बोक्दा बोक्दै ऋण लागेर विदेश जानुभएकोथियो, अहिले यस्तो आपद
पर्‍यो,' चिरञ्जीवीले भने, 'शव झिकाइदिन र क्षतिपूर्ति दिलाइदिन
परराष्ट्र र दूतावासमा खबर गरेको पनि पहल भएको छैन ।'

No comments:

Post a Comment