Wednesday, September 12, 2012

फेसबुकमा प्रधानसेनापति

प्रधानसेनापति गौरवशमशेर जबरामा फेसबुकमा आएकाछन् । प्रधानसेनापति भएको
भोलिपल्टै सोमबार उनले फेसबुकमा फ्यान पेज खोलेका हुन् । 'जनरल गौरव
एसजेबी राणा' नामबाट उनले खोलेको फ्यान पेजमा मंगलबार बेलुकीसम्म ५ सय
बढी प्रयोगकर्ताले 'लाइक' गरेका छन् । फ्यान पेजमा प्रयोगकर्ताले साथी
बन्न अनुरोध पठाइरहनुपर्नेछैन । लाइक गरेपछि उनको पेजमा भइरहने गतिविधि
नियाल्न सकिनेछ । प्रयोगकर्ताहरूले प्रधानसेनापतिका स्ट्याटस पढ्न,
त्यसमा टिप्पणी, प्रतिक्रिया जनाउन र सुझाव दिन सक्नेछन् ।
'सामाजिक सन्जाल हाम्रो दैनिक जीवनको महत्त्वपूर्ण हिस्सा बनिसकेको छ, म
यो मन्चलाई तपाईहरूसँग अन्तक्रिर्या र छलफलका लागि प्रयोग गर्न चाहन्छु,'
आफूबारेको आधारभूत जानकारी खण्डमा उनले प्रयोगकर्तालाई सम्बोधन गर्दै
लेखेका छन्, 'नेपाली सेनाको सुधारका लागि लेखिने प्रतिक्रिया र सुझावको
उच्चस्वागत गरिनेछ ।' आफ्नो पेज परिवारमैत्री भएको उल्लेख गर्दै
प्रयोगकर्तालाई स्वच्छ प्रतिक्रिया लेख्न आग्रह गरेका छन् ।
जबराले कुनै पनि व्यक्ति, समूहलाई पीडा र हतोत्साही पार्ने खालका धर्म,
जाति, लिंग, वर्ण, उमेर, शारीरिक अशक्तता र यौनजन्य प्रतिक्रिया वातस्बिर
नराख्न आग्रह गरेका छन् । यसैगरी अपराधिकक्रियाकलापलाई प्रोत्साहित गर्ने
खालका सामग्री नराख्न पनि सचेत गराएका छन् । साथै उनले नेपाली सेनाको र
सैनिक व्यक्तिको छबि भजाएर पैसासंकलन गर्ने थुप्रै अनलाइन काण्ड भएका
यस्ता क्रियाकलापमा आफू कहिल्यै सहभागी नभएको र नहुने उनले स्पष्ट पारेका
छन् ।
जबरा फेसबुकमा पेज बनाउने पहिलो उच्च सैनिक अधिकृत हुन् । अब फेसबुकमा
रहेका नेपाली प्रयोगकर्ताले सेनासँग जोडिएका विषयमा प्रधानसेनापतिसँग
सीधै अन्तक्रिर्या गर्न सक्ने छन् ।
जबराले आफ्नो पेजमा नेपाली सेनाका परामाधिपतिसमेत रहेका राष्ट्रपति
रामवरण यादवले दज्र्यानी चिह्न लगाउँदै गरेको, शपथ लिएको र सैनिक
मुख्यालयमा सम्मान गारद लिएका तीनतस्बिर राखेका छन् । सोमबार पहिलो
स्ट्याटस लेख्दै वीरतापूर्ण इतिहास बोकेको नेपाली सेनाले आन्तरिक र बाह्य
चुनौती सामना गरी नेपाल र नेपालीको हित संरक्षण गर्ने प्रतिबद्धता जनाएका
छन् । त्यसैमा उनले नेपाली सेनाको अराजनीतिक छबि कायमै राख्ने लेखेका छन्
। पेजमा जबराका आफन्त र स्वदेशी तथा विदेशी फेसबुक प्रयोगकर्ताको बधाई
तथा शुभकामना व्यक्त गरेका छन् । केहीले उनको स्ट्याटसमा प्रतिक्रिया
जनाउँदै सेनाको अराजनीतिक छबि कायम राख्न, सैनिकव्यक्ति, आम नेपाली
जनताको मनोबल उच्च राख्न सुझाव दिएका छन् ।
जबराले मंगलबार ६ बजे स्ट्याटस लेख्दै प्रतिक्रिया र सुभेच्छाका लागि
सबैलाई धन्यवाद ज्ञापन गरेका छन् ।

No comments:

Post a Comment