Wednesday, September 19, 2012

तीजमा पूजा गर्न जाँदा चितुवाको आक्रमणबाट एक युवतीको मृत्यु

३ असोज, बैतडी । बैतडीको दुर्गमस्थान विशालपुर-७ मा चितुवाको आक्रमणबाट
एक युवतीको मृत्यु भएको छ । तिजको अवसरमा बा आमासँगै गाउँमा पूजाका लागि
जाँदै गर्दा घरमा एक्लै छाडिएकी चम्पालाई चितुवाले आक्रमण गरी घरमै खाएको
प्रहरीले जनाएको छ । घरमा एकलै बसेकी विशालनगरकी मानदेव भट्ट की ११
वर्षिया छोरी चम्फा भट्टको ज्यान गएको हो । मन्दिर गएका बा आमा फर्कदा
बालिकाको मृत्यु भएको मेलौली इलाका प्रहरी कार्यालयले बताए । एक वर्षयता
तल्लोस्वराड क्षेत्रका बिशालपुर, महाकाली, पन्चेश्वर, शर्माली, पन्चेश्वर
लगायतका गाविसमा चितुवाको आक्रमणमा परि १० जनाले ज्यान गुमाइसेका छन ।

No comments:

Post a Comment