Wednesday, September 19, 2012

'अहिले देशलाई राष्ट्रवादी आन्दोलनको खाँचो'

३ असोज, काठमाण्डौ । राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालका अध्यक्ष कमल
थापाले मुलुकको राष्ट्रिय अखण्डतालाई जोगाउन अहिले राष्ट्रवादको आन्दोलन
आवश्यक रहेको बताएका छन् । राष्ट्रिय प्रजातान्त्रिक विद्यार्थी सङ्गठनको
राजधानीमा आजआयोजना गरेको विद्यार्थी भेलालाई सम्बोधन गर्दै उनले अहिले
राष्ट्रिय राजनीतिमा आत्मसमर्पणवाद चिन्तन विकास हुँदै गएकाले
राष्ट्रियता संरक्षण गर्न राष्ट्रवादी आन्दोलन आवश्यक देखिएको बताएका छन्

अध्यक्ष थापाले पछिल्लो जनआन्दोलनको प्रारम्भ विदेशमा भएकाले आन्दोलन सफल
भए पनि मुलुकमा स्थिरताकायम हुन नसकेको उल्लेख गरे । अध्यक्ष थापाले
विश्वविद्यालयमा राजनीतिक भागबन्डाका आधारमा पदाधिकारीको विभाजन र
नियुक्ति गरिने परम्पराले गुणस्तरीय र आत्मनिर्भर बनाउने शिक्षाको विकास
हुन नसकेको बताए । रासस

No comments:

Post a Comment