४ असोज,पोखरा । गण्डकी र धौलागिरीका बिभिन्न जिल्लाको १० दिने धार्मिक
भ्रमणको लागि पूर्वराजा ज्ञानेन्द्र शाह बिहिबार पोखरा आईपुगेका छन् ।
कास्की, स्याङजा, पर्बत बाग्लुङ, तनहुका बिभिन्न शक्तिपिठको दर्शन र
सुबेच्छुक संगको भेटको लागि उनि स्थलमार्ग हुदै बिहिबार दिउसो ४ बजे
पोखरा आईपुगेका हुन् ।
पूर्ब राजा ज्ञानेन्द्र शाहको स्वागतमा भएको तामझाम देख्दा उ बेलाका
राजा महाराजाकै पालाको झझल्किो दिलाउथ्यो । पृथ्बी राजमार्गका बिभिन्न
स्थानमा स्वागतका पुष्पगुच्छा थाप्दै पोखरा भित्रिएका शाहलाई कास्कीको
प्रबेश नाका कोत्रेदेखिनै समर्थकहरुले सुरक्षा दिदै पोखरा ल्याईपुर्याएका
थिए ।
बाक्लो बर्षा संगै भिज्दै मुस्ताङचोक देखि लेकसाईडको फिस्टेल गेटसम्म
करिब २ किलोमिटर पैदल यात्रा गरेका शाहको स्वागतको लागि बसेका
समर्थकहरुले हातमा पुष्पगुच्छा टक्र्याउदै उनको समर्थनमा नाराबाजी
गरिरहेका थिए भने कतै तालि बजाएर रमिता हेरिरहेका थिए । तामझामको साथ
फेवाताल पारिको फिस्टेल लजमा भित्रिएका पूर्ब राजा शाह बिहिबार त्यहि
बस्नेछन् ।
१० दिने भ्रमणको पहिलो दिन भोलिम्याग्दीको बेनीस्थित भर्तीकलबम शिवालय र
गलेश्वर पुगि दर्शनगर्ने कार्यक्रम रहेपनि स्थानिय राजनितिक दलहरुले आबहन
गरेको भोलिको म्याग्दी बन्दले यात्रा त्यति सहज भने देखिदैन ।
उनि असोज ६ गते बाग्लुङ्ग कालिका र पर्वतको कुष्मास्थित गायत्रीमाता
मन्दिरको दर्शन गरी पोखरा फर्किने कार्यक्रम तय भएको छ । तर त्यहा पनि
बिभिन्न १० राजनितिक दलले शाहको भ्रमणमा अबरोध गर्ने तयारी गरेका छन् ।
७ गते स्याङ्गजाको गुठिखोलास्थित धनुशेश्वर महादेवको दर्शन गर्नुका साथै
स्थानीय नागरिकसँग भेटघाट गर्ने र ८ गते तनहुँको दमौलीमा पञ्चमन्दिरको
दर्शन गरी ९ गते पोखराको प्रसिद्ध तीर्थस्थल विन्ध्यवासिनी मन्दिर
दर्शनकोलागि पोखराको नालाकोमुखदेखि करिब १५ मिनेट पैदलयात्राका साथ
मन्दिर पुग्ने कार्यक्रम रहेको स्वागत समितिले जनाएको छ ।
धार्मिक भ्रमणको नाममा पूर्ब राजा शाह सक्रिय हुन खोजेको भन्दै राजनितिक
दलहरु भने झस्किएका छन् । दलप्रति नागरिकको बितृष्णा बढ्दै गएकाले पूर्ब
राजा शाहले ब्यापक जनसमर्थन पाउने डरले उनिहरुले भ्रमणको कार्यक्रम तय
भएका ५ ओटै जिल्लामा अबरोध गर्ने भने चेतावनी दिईरेहेका छन् ।
यसअघि पूर्बराजा शाहको भ्रमणको बिरोधमा बिहिबार आदीबासी जनजाति महासंघ
कास्कीले पोखराको पृथ्बीचोकमाआधा घण्टा चक्काजाम गरेको थियो । धार्मिक
भ्रमणको नाममा पूर्बराजा सक्रिय हुन खोजेको भन्दै महासंघले मध्यान्ह १२
बजेदेखि साढे १२ बजेसम्म चक्काजाम गर्दा पृथ्बीचोक आसपासमा सवारी आवागमन
प्रभाबित बनेको थियो ।
चक्काजाम पछि आयोजित कोणसभामा बोल्दै आदिवासी जनजाति नेताहरुले भ्रमणको
नाममा बढि चलखेल नगर्न पूर्ब राजालाई सचेत गराएका छन् । कोणसभामा आदिबासी
जनजाति महासंघ कास्कीका अध्यक्ष पानबहादुर घर्ति, तमुमान संघर्ष समितिका
संयोजक देबिराज तमु, सचिब पूर्णहेल्मु, तमुवान युथ भोलेन्टियर्सका
अध्यक्ष कृष्णतमु लगायतले भ्रमणका क्रममा संघियता र धर्मनिरपेक्षताको
बिरोध भएमा प्रतिकारमा उत्रने चेतावनी दिए ।
यसअघि सामान्य नागरिक सरह भएका पूर्बराजको स्वागतको लागि गरिएको तयारी
प्रति आपत्ती जनाउदै एकिकृत माओबादी कास्कीले हिजो कास्कीका चार स्थानमा
कोणसभा गरेको थियो ।
No comments:
Post a Comment