४ असोज, परासी । नवलपरासीमा गण्डक बाँधअन्तर्गत नर्सही गाविसमा रहेको
ठोकर नम्बर १२ आज भत्किएको छ । नारायणी नदी नियन्त्रणका लागि बनाइएको
उक्त ठोकर भत्किँदा १३ वटा गाविस जोखिममा परेका छन् । ठोकर क्षेत्रमा अझै
पनि तीव्ररुपमा कटान जारी छ । एक महिनाअघि भत्किएको ठोकर मर्मतको क्रममा
भारतले गुणस्तरहीन काम गरेकाले भत्किएको हो । अहिले स्थानीय बासिन्दा
नदी नियन्त्रणको प्रयासमा जुटेका छन् ।
अहिले घटनास्थलमा प्रहरी प्रशासन पुगेको स्थानीय श्यामबुचा मगरले जानकारी
दिनुभयो । यसैगरी पक्लिहवा गाविसमा पर्ने ३ नम्बर ठोकर पनि जीर्ण छ ।
भदौको अन्तिम साताबाट परेको अबिरल पानीका कारण नदीमा तीन लाख
क्युसेकभन्दा बढी पानी रहेको थियो । नदीमा पानीको मात्रा घट्न सुरु
गरेसँगै ठोकर कटान तीव्र बनेको हो ।
कटान नियन्त्रणका लागि स्थानीयवासीले वरपरका रुखकाटी तारले बाँधेर कटान
भएको स्थानमा फाल्ने कामभए पनि कटान नियन्त्रण हुन सकेको छैन । यस बाँधमा
भारतीय कर्मचारीले बाढी सुरु भए पछि काम गर्ने र गुणस्तरहीन सामग्री
प्रयोग गर्ने हुनाले सधैँ ठोकर कटानमा पर्ने गरेको स्थानीयवासीले आरोप
लगाउने गरेका छन् । ठोकर कटानसँगै यसक्षेत्रका आधा दर्जनभन्दा बढी
गाविसमा बाढीको त्रास बढेर गएको छ । रासस
No comments:
Post a Comment