सोँच्न पनि कसरी सकेको होला ? कट्टु भित्र बाँदर लुकाएर तस्करी गर्ने ?
कट्टुभित्र बाँदर लुकाएर तस्करी गर्दै गरेका ३ जना मानिसलाई प्रहरीले
नयाँ दिल्लीमा पक्राउ गरेको छ ।
थाइल्याण्डको बैंककबाट दिल्ली हुँदै दुबइ उड्न लागेका ३ जना तस्करहरु
इन्दिरा गान्धी विमानस्थलमा पक्राउ परेका हुन् । ती मध्ये दुइजनाको
कट्टुभित्रबाट सानो प्रजातिका लोरिस भनिने बाँदर फेला परेपछि सबै अचम्ममा
परे । मानिसको दिमागले कति सम्म अपराध कर्मको योजना बनाउँदो रहेछ भन्ने
यो एउटा गतिलो उदाहरण बनेको छ ।
विमानस्थलमा सुरक्षा जाँचको क्रममा उनीहरुको लिंगस्थान बढि नै उचालिएको
देखेपछि सुरक्षाकर्मीलाई शंका भएछ । शंका लागेर उनीहरुमाथि चेकजाँच गर्दा
दुइजनाको कट्टुभित्र एक एक वटा जिउँदो बाँदर फेला पर्यो । ती दुइ बाँदर
मध्ये ठूलो चाहीँ ७ इन्च लामो थियो । कट्टुभित्रबाट बाँदर बरामद भएपछि
सुरक्षाकर्मीले त्यस कार्यमा संलग्न ३ जनालाईपक्राउ गर्यो भने बाँदरलाई
एक जनावर वादी संस्थालाई हस्तान्तरण गर्यो । तस्करहरु तिनै जना युएइका
नागरिक हुन् । कट्टुभित्र फेला परेका बाँदरको एक भेटेनरीमा उपचार भैरहेको
र अवस्था सामान्य रहेको बताइएको छ । लोरिस नामको उक्त बाँदरको प्रजाति
भारत तथा श्रीलंका लगायतका देशमा रैथाने प्रजातिको रुपमारहेको छ । यो
प्रजाति संकटापन्न अवस्थामा रहेको बताइन्छ ।
http://dainikpatrika.com/2012/09/19/3181
No comments:
Post a Comment