Thursday, September 20, 2012

करेन्ट लागेर मृत्यु भएको क्षतिपर्ती विद्युत प्राधिकरणले दिनु पर्ने भन्दै आफन्तद्धारा शव बू्झ्न इन्कार

४ असोज,काभ्रे ।नेपाल विद्युत प्राविधिकरणसँग उचित क्षतिपूर्ती माग्दै
करेन्ट लागेर हिजो दिउँसो मृत्यु भएका काभ्रेको देविटार गाविस वडा नम्बर–
६ का३९ बर्षिय साने तामाङका आफन्तले शव बुझिलिन मानेका छैन । पोलमा तार
जडान नगरीकनै प्राविधिकरणको नो लाइट शाखाले एक्कासी विद्युत् प्रवाह
गरेका कारण तामाङको मृत्यु भएको भन्दै आफन्तहरुले शव बुझिलिन नमानेका
हुन् । इलाका प्रहरी कार्यालय बनेपाका अनुसार शवको पोष्टमार्टम गर्न समेत
आफन्तहरुले प्रहरीमा उजुरी दिएका छैनन् । प्रहरीले शवलाई बनेपास्थित शीर
मेमोरियल अस्पतालमा पोष्टमार्टका लागि ल्याएको छ । ४ वर्षअघि गाडिएको पोल
जीर्ण भएर भाँचिएको र भुईमा नै रहेको तार नयाँ गाडिएको पोलमा जाडान
नहुदैँ विद्युत् प्रवाह हुदाँ बारीमा काम गर्न हिडेरहेका तामाङको घटना
स्थलमै मृत्युभएको आफन्तहरुले जनाएका छन् । प्राविधिकरणको काभ्रे शाखाले
भने यस विषयमा अनुसन्धान गर्ने बताएका छ ।

No comments:

Post a Comment