Sunday, September 23, 2012

तास खेल्नेलाई छोप्न जाँदा प्रहरीनै कुटिए

पाल्पा, असोज ७, तानसेन शिल्खान टोलको एक घरमा तास खेलेको सुइँको पाएर
पुगेको प्रहरी टोलि र घरधनीबीच हात हालाहाल भएको छ । प्रहरीले घरधनी महेश
ज्ञवालीलाई नियन्त्रणमा लिएको छ ।
घरमा ता खेलेको थाहा पाएर पुगेको प्रहरी टोलिले कोठा भित्र चुकुल लगाएर
बसेको अवस्थामा ज्ञवाली सहित केहि व्यक्तिलाई फेला पारेपनि तासको खाल भने
भेटेको थिएन । तास नखेलेको अवस्थामा झुटा आरोप लगाएर प्रहरी घरभित्र
छिरेको भन्दै आक्रोशित बनेका ज्ञवाली र प्रहरीबीच हात हालाहाल भएको थियो
। प्रहरीका सही प्रेमशंकर चौधरी माथि ज्ञवालीले हात हालेका इन्स्पेक्टर
पुरुषोत्तम पाण्डेले बताए । उनले ज्ञवालीलाई प्रहरी नियन्त्रणमा लिइएको र
आइतबार थप कारवाहीको प्रकृया अघि बढाउने बताए ।
प्रहरीले विना जानकारी घरमा छिरेर त्रसित पार्ने काम गरेको भन्दै घरधनीले
अपत्ति जनाएका थिए । प्रहरीले कोठा खानतलासि लिने क्रममा भनाभन भएपछि
धकेलाधकेल भएको थियो । ज्ञवालीले वर्दीधारी प्रहरीहरुलाई अभद्र व्यवहार
गरेको भन्दै प्रहरीले उनलाइ नियन्त्रणमा लिएको हो ।
चाडपर्व नजिकिदै जाँदा जुवातासको विगविगी पनि बढेकोभन्दै प्रहरीले
नियन्त्रण प्रयासलाई तीब्र पार्ने जनाएको छ । तानसेन बजारको भीड
व्यवस्थित गर्न र ट्राफिक व्यवस्थापनलाई जोड दिन पनि प्रहरी सकि्रय हुने
बताइएको छ । बजारका कतिपय पसलहरुले सडकनै मिचेर सामान ढुवानी गर्ने र
जथाभावि पार्किंग गर्ने गरेका भन्दै नियन्त्रण गर्न प्रहरी समक्ष गुनासो
आएको बताइएको छ ।
http://dainikpatrika.com/2012/09/23/3350

No comments:

Post a Comment