Sunday, September 23, 2012

वैदेशिक रोजगारका लागि दुई महिनामै लाख नेपाली कामदारको माग

आर्थिक बर्षका पहिला दुई महिनामा विभिन्न श्रम गन्तव्य मुलकुबाट १
लाखभन्दा बढी नेपाली कामदारको माग आएको छ । वैदेशिक रोजगार विभागका
अनुसार साउन र भदौमा मात्रै १ लाख ३ हजार १ सयको माग भएपनि आधामात्रै
विदेसिएका छन् । अधिकांश माग मलेसिया र खाडी मुलुकबाट आएको खबर कारोबार
दैनिकमा छ ।
साउनमा ५९ हजार ५५ र भदौमा ४४ हजार १ सय १ नेपालीको माग भएको छ । गत बर्ष
क्रमशः ३८ हजार ३ सय ९ र २६ हजार २ सय ८९ कामदारको माग आएको थियो ।
म्यानपावर एजेन्सीले गत आर्थिक बर्षभरिमा भने ४ लाख ८१ हजार ७ सय २३
कामदारको माग ल्याएका थिए ।
मलेसियामा अवैध कामदारलाई वैध बनाउने काम सकिएपछि नयाँ कामदारको माग गरिएको हो

No comments:

Post a Comment