Sunday, September 23, 2012

११ जनाको गोली हानी हत्या

७ असोज, एजेन्सी । पाकिस्तानको कराचीको विभीन्न भागमा प्रान्तिय सभाका
सदस्य सहित ११ जनाको गोली हानी हत्या गरिएको छ। पाकिस्तानी न्युज च्यानल
जियोले आज दिएको जानकारी अनुसार कराचीको महमुदाबाद क्षेत्रमा शनिबार
प्रान्तीय सभाका ६० वर्षीय पूर्व सदस्य मलिक अताको गोली हानी हत्या
गरिएको छ ।
अता आफ्नो घर बाहिर बसिरहेका बेला मोटरसाईकलमा आएका हतियारधारी समूहले
नजिकै पुगेर उनीमाथी गोली चलाएका थिए । अताको अस्पतालमा उपचारका क्रममा
मृ्त्यु भएको छ भने प्रहरीले यस घटनाबारे अनुसन्धान सुरू गरिसकेको जनाएको
छ ।

No comments:

Post a Comment