Wednesday, September 19, 2012

पूर्वराजा शाहको भ्रमण अवरोध गर्ने माओवादी तयारी

4 5 (0 votes, average 0 out of 5) पाँच ठाउँमा कोणसभा, भोलि अवरोध गरिने
- मनोज अधिकारी, पोखरा, असोज ३- पूर्वराजा ज्ञानेन्द्र शाहको पश्चिम
क्षेत्रमा बिहीबारबाट हुन
लागेको धार्मिक भ्रमणको तयारी अन्तिम चरणमा पुगेका बेला सत्तारुढ एनेकपा
माओवादीले भने त्यसलाई
अवरोध गर्ने तयारी गरेको छ। संविधानले हरेक नागरिकलाई हिँडडुल गर्न पाउने
अधिकार दिए
पनि प्रधानमन्त्रीको दल उल्लंघन गर्न अग्रसर भएको हो।
पूर्वराजा ज्ञानेन्द्र बिहीबार पोखरा आउने तय भएपछि माओवादीले बुधबार
साँझ नै पोखराका विभिन्न
ठाउँमा विरोधस्वरुप कोणसभा गर्न लागेको छ। साँझ ५ बजे लेखनाथको तालचोक,
पोखराको अमरसिंहचोक, पृथ्वीचोक र बगरको हरिचोकमा कोणसभा गरिने
माओवादी कास्कीका ईन्जार्च झलकपाणी तिवारीले जानकारी दिए। उनकाअनुसार
ती कोणसभामा पार्टीका जिल्लास्तरका नेताहरुले सम्बोधन गर्नेछन्।
'राजाबाट नागरिक बनेका व्यक्तिले आमजनतालाई भ्रमित पार्ने गरी पुरानै
शैलीमा भ्रमणको चाँजोपाँजो मिलाएपछि जनताका एक किसिमको आक्रोश देखिएको छ' तिवारीले
नागरिकन्युजसँग भने,'जनताले हामीलाई ज्ञानेन्द्र सक्रिय हुन खोजेको छ
तिमीहरु के हेरेर बसेका छौं भन्न थालेका छन्।'
उनले आजको कोणसभापछि ज्ञानेन्द्रको भ्रमण लक्षित थप विरोधका
कार्यक्रमबारे छलफलमा जुट्ने
जानकारी दिए। तिवारीले ज्ञानेन्द्रको भ्रमण नै बिथोल्ने गरी विरोधका
कार्यक्रम आउन सक्ने
उल्लेख गरे। यसका लागि अन्य दलहरुसँग पनि आजै छलफलको तयारी भएको तिवारीले
बताए। अन्य
दलहरुले भने अहिले यसबारेमा कुनै प्रतिक्रिया दिएका छैनन्। ज्ञानेन्द्रले
अब सक्रिय भएर केही गर्न
नसक्ने दावी गर्दै उनले जनतालाई भ्रमित पार्न खोजेकाले विरोधमा उत्रनु
परेको बताए। 'भलाद्मी भएर बस्नुपर्ने व्यक्तिले यसरी सक्रिय हुन खोज्नु
सकारात्मक काम होइन' माओवादी इन्जार्च
तिवारीले भने,'जनता भ्रमित पार्ने यस्ता काम गरे उनलाई जेल हाल्नुपर्ने हुन सक्छ।'
पूर्वराजा ज्ञानेन्द्र शाहले बिहीबारबाट पश्चिमाञ्चलका ६ जिल्लाको
धार्मिक भ्रमण गर्न
यहाँ शिक्षाविद् एवं राजपरिषद्का पूर्वसदस्य गणेशबहादुर गुरुङको
अध्यक्षतामा १२ सय ८० सदस्यीय
स्वागत समिति गठन भएको छ। गुरुङलाई विभिन्न व्यक्ति र समूहले संयोजकबाट
हट्न दवाव दिंदै
अन्यथा जेसुकै गर्न सक्ने धम्की दिएका छन्। उनलाई पूर्वराजाको समर्थनमा
स्वागत गरेर संघीयता, तमुवान र धर्म निरपेक्षताको विरुद्वमा उत्रन खोजेको
आरोप लागेको छ।
गुरुङ भने व्यक्तिगत स्वतन्त्रतामा अवरोध गर्ने कसैलाई अधिकार नहुने
भन्दै आफ्नो अडानमा कायम छन्।
उनले आफु अवसरवादी र छेपारे प्रवृत्तिको मान्छे नभएकाले जोकोहीबाट धाकधम्की आए
पनि राजसंस्थासंगको पुरानो भावनाअनुरुप प्राप्त दायित्वबाट नपन्छिने
प्रष्ट पारेका छन्। यस्तो छ भ्रमण तालिका यस क्षेत्रको साता लामो धार्मिक
भ्रमणका क्रममा ज्ञानेन्द्र पाँच दिन पोखरास्थित फिस्टेल
लजमा बस्ने छन्। भ्रमण तालिकाअनुसार असोज ४ गते पोखरा आएर फिस्टेल लजमा
बस्ने, ५ गते
म्याग्दीको महादेव मन्दिर र गलेश्वरको दर्शन गर्ने र त्यही बस्ने, ६ गते
बाग्लुङको कालिका र
पर्वतको गायत्री मन्दिर दर्शनपछि पोखरा फर्केर बास बस्ने कार्यक्रम छ।
यस्तै ७ गते स्याङ्जाको बुढीखोलास्थित धनेश्वर महादेव मन्दिरको दर्शन
गरेर पोखरा फर्कने, ८ गते
तनहुँको पञ्चदेवी मन्दिर पुगेर पोखरै फर्कने र ९ गते पोखराकै
विन्ध्यबासिनी मन्दिर दर्शन गर्ने स्वागत समितिका संयोजक गुरुङले जानकारी
दिए। ज्ञानेन्द्रलाई
पोखरामा नालाको मुखदेखि विन्ध्याबासिनी मन्दिरसम्म नागरिक अभिनन्दनसहित लगिने
स्वागत समितिका संयोजक गुरुङले जानकारी दिए।
यस्तै अन्तिम दिन १० गते फेवातालपारीको शान्ति स्तुप भ्रमणपछि ताल
किनारको बसुन्धरा पार्कमा शुभेच्छुकसँग भेटघाटको कार्यक्रम तय भएको छ।

No comments:

Post a Comment