Monday, September 3, 2012

मातेका सशस्त्र प्रहरीले शिक्षक कुटेपछि !

१८ भदौ, पाँचथर । मादक पदार्थ सेवन गरेका सशस्त्र प्रहरीको कुटाइबाट पाँचथरका एक शिक्षक गम्भिर घाइते भएका छन् । श्रीमान् श्रीमतीवीचको विवाद मिलाउन गएको शसस्त्र प्रहरीको टोलीले पाँचथर फिदिम २ का एक शिक्षकलाई मरणासन्न हुनेगरी कुटपिट गरेका छन् ।
कुटपिटवाट फिदिम २ वस्ने शुक्रतारा बोडिङ स्कूलमा कार्यरत शिक्षक चक्र प्रसाद बास्कोटा गम्भिर घाईते भएका छन् । उनको जिल्ला अस्पताल पाँचथरमा उपचार सम्भव नभएपछि थप उपचारका लागि न्यूरो अस्पताल विराटनगर लगिएको छ ।
वरिष्ठ हवलदार आर.के विकको कमाण्डमा गएको हिमशिखर गुल्मको ११ जनाको टोलीले विरामी बाबु रुङगिरहेको अवस्थामा घरवाहिर निकाली वास्कोटालाई निर्घात कुटपिट गरेको स्थानियवासीले बताएका छन् ।
घटनामा संलग्न सशस्त्रर प्रहरीको टोलीलाई स्थानियवासीले घेराहाली नियन्त्रणमा लिएर प्रहरीलाई वुझाएका थिए । पारिवारीक विवादको विषयमा प्रहरीले गरेको ज्यादती समाजमा सुशासन कायम गर्ने नभई गुण्डागर्दीशैलीको भएको भन्दै स्थानियले आपत्ति जनाएका छन् ।
हिमशिखर गुल्मका सशस्त्र प्रहरी नायव उपरिक्ष विदुर गुरुङले टोलीले गल्ती गरेको स्वीकार्दे घटनामा संलग्नलाई कारवाही प्रक्रिया अघि वढाउनेबताउनुभयो ।

No comments:

Post a Comment