Monday, September 10, 2012

विद्यार्थीमाथी यौन दुर्व्यवहार गर्ने दुई शिक्षक पक्राउ

२५ भदौ, चितवन । विद्यार्थीमाथि यौन दुर्व्यवहार गरेको आरोपमा चितवनको माडीमा दुई शिक्षक पक्राउ परेका छन् । आफैले पढाउने विद्यार्थीमाथि लामो समयदेखि यौन दुर्व्यवहार गर्दै आएको आरोपमा दक्षिण चितवन माडीको जगन्नाथपुरी निम्न माविका शिक्षक देवराज साखी र शिव आचार्यलाई स्थानीय अभिभावकले पक्राउ गरी प्रहरी कार्यालय माडीमा सोमवार बुझाएको प्रहरीले जनाएको छ ।
यौन दुव्र्यवहार गरेको जानकारी पाएपछि स्थानीय अभिभावकले पक्राउ गरी प्रहरीकार्यालयमा बुझाएका हुन् । उनीहरुमाथि आफ्नै विद्यालयको कक्षा ७ र ८ मा पढ्ने विद्यार्थीमाथि यौन दुर्व्यवहार गरेको उजुरी परेको प्रहरीले जनाएको छ ।

No comments:

Post a Comment