Monday, September 10, 2012

६ हजारदेखि १२ लाखसम्म तलब खाने एकै ठाउँमा

२५ भदौ, काठमाडौं । उखरमाउलो गर्मीमा समेत चिटिक्क कोट-टाई-सूट या साडी ब्लाउज लगाएर कोही सडकमा हिँडिरहेकोछ भने धेरैले बुझ्छन्, यो मान्छे बैंकमा काम गर्ने कर्मचारी हो । अरु क्षेत्रमा काम गर्नेभन्दा बैंकमा काम गर्नेहरु बढी सुकिलामुकिला देखिन्छन् । सेवाग्राहीलाई आकषिर्त बनाउनको लागि सम्बन्धित बैंकहरुले कर्मचारीको लागि निश्चित पोशाक नियमको व्यवस्था गरेकाहुन्छन् । त्यसैले नियम अनुसार कर्मचारी ठाँटिएर कार्यालय जान्छन् ।
सबै उस्तै सुकिला मुकिला देखिने भएकाले को हाकिम, को सामान्य कर्मचारी भनेर पनि हेरेर छुट्याउन गाह्रो हुन्छ। बाहिरबाट हेर्दा बैंकका सबै कर्मचारी समान देखिन्छन्। सबै सुकिलामुकिला, उज्याला र ठाँटिएका । ‘तर सेवा, सुविधाको कुरा गर्ने हो भने बैंकमा जस्तो असमानता अरु क्षेत्रमा नहोला’ नेपाल ट्रेड युनियन महासंघ जिफन्टका केन्द्रीय सदस्य गुणराम आचार्यले भन्नुभयो ।
बैंकमा मासिक ६/७ हजार तलब खाने कर्मचारी पनि छन् । १०/१२लाख रुपैंया तलब भएका पनि त्यहीँ हुन्छन् । बैंकका प्रमुख कार्यकारीको तलब ५०/६० हजारदेखि १०/१२ लाख रुपैंयासम्म छ । ‘६/७ लाख रुपैंया मासिक तलब खाने सीइओ धेरै छन्’ जिफन्टको वित्तिय तथा सेवा क्षेत्रका ईन्चार्जसमेत रहेका आचार्यले भन्नुभयो ।
जहाँ विभेद, त्यहाँ युनियन
अत्यावश्यक सेवा क्षेत्र अन्तर्गत पर्ने र व्यस्तता पनि निकै हुने भएकाले अरु सरकारी कार्यालय र संस्थानमाजस्तो बैंकिङ क्षेत्रमा ट्रेड युनियनको उपस्थिति त्यति देखिँदैन । तर पछिल्ला वर्षहरुमा सेवा, सुविधाको माग गर्दै बैंकिङ क्षेत्रमा पनि ट्रेड युनियन आन्दोलन हुने क्रम बढेको छ । ‘जहाँ विभेद हुन्छ, त्यहाँ युनियन चाहिन्छ’ जिफन्टका गुणराम आचार्यले भन्नुभयो -’ठूलो-सानो र धेरै-थोरैको कुरा भएपछि बैंकिङ क्षेत्रहरुमा पनि ट्रेड युनियन आन्दोलन शुरु भएको छ ।’
पहिले सरकारी बैंकहरुमा मात्र ट्रेड युनियन गतिबिधि हुन्थे । तर अहिले निजी बैंकहरुमा पनि ट्रेड युनियन खोल्ने र बिरोध गर्ने लहर बढेको छ । ‘धेरै निजी बैंकहरुमा ट्रेड युनियन खुलेका छन्’ नेपाल ट्रेड युनियन कांग्रेस स्वतन्त्रका सूर्य नेपालले भन्नुभयो -’आफ्नो हक, हित र अधिकारको आवाज उठाउनको लागि स्वभाविक रुपमा कर्मचारीहरु एक ठाउँमा आउँछन् ।’
ट्रेड युनियन भएपछि बिरोध प्रदर्शन र हडताल हुनु स्वभाविक नै हो । निर्धन, डिप्रोक्स बैंक हुँदै यतिबेला स्वावलम्बन लघुवित्त विकास बैंकमा आन्दोलन जारी छ । पारिश्रमिकमा बृद्धि र विविधसुविधाहरु सहितको ४६ सूत्रीयमाग सहित युनियहरु आन्दोलनमाउत्रिएका हुन् । उनीहरुले दैनिक तथा मासिक ज्यालाददारीकर्मचारीलाई नेपाल सरकारले तोकेको न्युनत पारिश्रमिक, स्थायी प्रकृतिको काममा २४० दिन काम गरेका कर्मचारीलाई स्थायी नियुक्ति, संस्थाको मुनाफालाई आधार मानी मासिक आधारमा तलबमा न्युनतम २५ बृद्धि, एक दिन बराबर एक ग्रेड लगायतका माग राखेका छन् ।
स्वावलम्बन विकास केन्द्र र बैंक आपसमा मर्जर भएपछि दरबन्दी मिलान र सेवा सुविधाको माग गर्दै कर्मचारीआन्दोलनमा उत्रिएका हुन् । सेवा सुविधामा असमान भएपछि अरु बैंकहरुमा पनि कर्मचारी आन्दोलनको तयारीमा रहेका ट्रेड युनियनहरुले बताएका छन् ।

No comments:

Post a Comment