Monday, September 10, 2012

प्रचण्डको स्वागत गर्न चितवनका बिद्यालय वन्द

२५ भदौ, चितवन । कुनै बेला थियो- जतिखेर तत्कालीन राजा महाराजाहरु जिल्ला
भ्रमणमा जाँदा बिद्यालय वन्द गरेर बिद्यार्थीहरु स्वागतका लागि चर्को
घाममा लामबद्ध हुन्थे ।
अहिले राजा छैनन, तर चितवनका बिद्यार्थीलाई उस्तै सास्ती छ । माओवादी
अध्यक्ष प्रचण्ड आज चितवन आउने भएपछि माओवादी निकट शिक्षक संगठनले आज
यहाँका बिद्यालय जर्वजस्ती बन्द गराएको छ । अखिल नेपाल शिक्षक संगठनको
जिल्ला अधिवेशनलाई सम्बोधन गर्न प्रचण्ड आज चितवन आउँदैछन् ।
प्रचण्डको अगमनलाई बिशेष बनाउन शिक्षक संगठनले आज चितवन जिल्लाका सवै
बिद्यालय बन्द गराउन माग गर्‍यो । सुरुमा नाईं-नाईं भने पनि अन्ततः
कांग्रेस र एमालेले पनि प्रचण्डको सवारीलाई बिशेष बनाउन सहमति दिए ।
विद्यालय बन्द नगराउन विद्यार्थी संगठनले जिल्ला शिक्षा कार्यालयमा
ज्ञापनपत्र बुझाएपनि विद्यार्थीको मागको वेवास्ता गरी विद्यालय बन्दगरेका
हुन् ।
शिक्षक संगठनले बर्षे बिदाबाट कटौती हुने गरी विद्यालय बन्द गरिएको दावी
गरेको छ । एकीकृत माओवादी निकट शिक्षक संगठनको अडानले बिद्यालय बन्दमा
सहमति जनाउनु परेको एमाले र काँग्रेस निकटका शिक्षक संगठनले बताएका छन् ।

No comments:

Post a Comment