Sunday, September 23, 2012

पूर्वराजालाई देश बचाउन आग्रह गर्ने एमाले नेता कारवाहीमा

बाग्लुङ । पूर्वराजा ज्ञानेन्द्र शाहलाई देश बचाउन आग्रह गर्ने नेकपा
एमाले बाग्लुङ्गका जिल्ला सदस्य कारबाहीमा परेका छन् । एमाले बाग्लुङ्गले
ज्ञानेन्द्रसंग देश बचाउन विन्ती गर्ने जिल्ला सदस्य जब्बरबहादुर
लामिछानेलाई साधारण सदस्य समेत नरहने गरी पार्टीबाट निष्कासित गरेको हो ।
एमाले बागल्ङका अध्यक्ष जनक पौडेलले लामिछानेले प्रतिगामी चलखेललाई बल
पुग्ने गरी राजनीतिक दलले देशलाई बर्बाद पारेको र राष्ट्रियता जोगाउन
राजा सक्रिय हुनुपर्ने जस्ता आपत्तिजनक अभिव्यक्ति दिएका कारण निष्कासित
गरेको बताउनुभयो ।

No comments:

Post a Comment