Sunday, September 23, 2012

पूर्व राजासँग प्रचण्डको जम्काभेट

७ असोज, पोखरा । पूर्ब राजा ज्ञानेन्द्र शाहसंग एकिकृत नेकपा माओबादीका
अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको आईतवार जम्काभेट भएको छ ।
पश्चिमाञ्चलका बिभिन्न जिल्लाको धार्मिक भ्रमणको क्रममा दोस्रो दिन
स्याङजा पुगेर फर्किदै गरेका पूर्ब राजा शाह र एमाओबादी अध्यक्ष
प्रचण्डको सिद्धार्थ राजमार्गमा आईतवार साझ करिब ६ बजे जम्काभेट भएको हो

पोखरा फर्किदै गरेका शाह र पोखराबाट कास्कीको शान्तिस्तुपा तर्फ जादै
गरेका प्रचण्डको सिद्धार्थ राजमार्गको ठालोेखोलामा जम्काभेट भएको हो ।
सिद्धार्थ राजमार्ग छोडेर शान्तिस्तुपाको बाटो उकालो लाग्न लागेका
प्रचण्डको सवारी र पूर्ब राजाको सवारी जुध्दा शाहका समर्थकले हुटिङ गरेका
थिए ।
एक्कासी जम्काभेट भएपछि प्रचण्डको सुरक्षामा खटिएका प्रहरीले गाडिबाट
ओर्लेर दुबैतर्फको गाडि पास गराएका थिए । पूर्बराजा चढेको गाडि अगाडि
हिडेपछि प्रचण्डको सवारीले पछाडि रहेका शाहका समर्थकको ५ वटा गाडिलाई
क्रस गरी स्तुपा तर्फ लागेको थियो ।
कुनै औपचारिक नभई प्रचण्डको आरामको लागि पोखरा आएको बताईएको छ । उनि आज
कास्कीको पुम्दीभुम्दी स्थित शान्तिस्तुपा नजिकैको होटलमा बसेका छन् ।
प्रचण्ड बास बसेको रानीबन जंगलको फेद फेवाकिनारमा रहेको फिस्टेल लजमा
पूर्ब राजा बसेका छन् ।

No comments:

Post a Comment