Wednesday, September 19, 2012

खोलाले बगाएर बालिकाको मृत्यु

३ असोज,स्याङ्जा । स्याङ्जाको वालिङ नगरपालिका–८ स्थित अर्मादी खोलाले
बगाएर आज एक बालिकाको मृत्यु भएको छ । वडा प्रहरी कार्यालय वालिङका
प्रहरी निरीक्षक प्रदीपकुमार डिसीका अनुसार खोलाले बगाएर मृत्यु हुनेमा
स्वरेक गाविस २ तितापानी घर भएकी ६ वर्षिया बालिका सृष्टि कुँवर रहेकी
छन् । हजुरआमासँग वालिङबाट स्वरेकमा रहेको घरतर्फ जाँदै गर्दा अर्मादी
खोला तर्ने क्रममा बालिकालाई खोलाले बगाएको हो। उनलाई करिब ५ सय मिटर तल
आँधीखोलामा मृत अवस्थामा फेला पारिएको छ ।

No comments:

Post a Comment