Saturday, September 22, 2012

मलेसियामा ३ सय भन्दा बढि नेपाली अलपत्र

६ असोज, क्वालालाम्पुर । रोजगारीका लागी विदेशी भूमीमा पुगेका नेपालीहरू
अलपत्र परेका खबरहरू सञ्चारमाध्यमहरूमा बेला-बेलामा आइरहन्छन् । कामका
लागि विदेशी भूमीमा जाने तर कहाँ के कस्तो कामका लागी जाने भन्नेबारे
पूर्ण जानकारी नलिई जाँदा अलपत्र पर्ने नेपालीहरू झन् धेरै छन् । यस्तै,
कामका लागी मलेसिया आएका ३ सय भन्दा बढि नेपालीहरू केहीदिनदेखी अलपत्रमा
परेका छन् ।
नेपालबाट मलेसिया आउँदा भनेजस्तो काम र तलव नपाएपछिउनीहरु विगत केहीदिन
देखि अलपत्रमा परेका हुन् । उनीहरूले आफुहरूले भने जस्तो काम र तलव
नपाएपछि कम्पनी अगाडी धर्ना दिइरहेका छन् । तीन दिन देखि भोकै रहेका
उनीहरूको अवस्था भने नाजुक रहेको छ । खान, बस्नको समस्या रहेको र बिरामी
हुँदा समेत उपचार पाउन नसकेको उनीहरूले गुनासो गरेका छन् ।
आफुहरूको समस्या समाधान गरिदिनका लागी कसैले पनि सहयोग तथा पहल नगरेको
उनीहरुको गुनासो थियो । आफुहरुलाई विदेश पठाउने लक्की यातायातलाई सम्र्पक
गरेर राम्रो कामको व्यवस्था गर्न त कि स्वदेश फिर्ता गरी दिन आग्रह गर्दा
मलाई मतलव छैन भन्ने जवाफ दिएको उनीहरुले बताए ।

No comments:

Post a Comment