Wednesday, September 19, 2012

राष्ट्रपति ओबामाका सुरक्षा गार्डले आमसभामै पिसाब गरेपछि...(तस्विर सहित)

अमेरिकी राष्ट्रपति बाराक ओबामाको एक आमसभामा खटिएका एक सुरक्षाकर्मीले
आमसभा भएको केही मिटर परै नै पिसाव गरेको तस्विर सार्वजनिक भए पछि त्यसले
अहिले सोसिलयल साइट र मिडियामा खुब चर्चा बटुलेको छ ।
राष्ट्रपति ओबामाले ओहियो राज्यको सिनसिनाटी पार्कमा सोमबार एक आमसभामा
सम्वोधन गर्दै गर्दा एक गोप्य सुरक्षाकर्मीले ओबामा र सयौं आमसभामा
उपस्थित व्यक्तिहरुले देख्ने गरि पिसाव गरेका थिए।
पार्कको मात्रै केही मिटर पर गएर उनले पिसाव गरेको स्वयम राष्ट्रपति
ओबामले पनि देख्न स्थानमा थियो ।
एक पत्रिकाका फोटोग्राफरले उनको तस्विर खिचर ट्विटरमा पोस्ट गरिदिएको
थिए। तस्विर सार्वजनिक भएलगतै त्यसले सामाजिक सञ्जालमा केही समय 'उत्पाद'
नै मच्चाएको छ।
अमेरिकी सेक्रेट सर्विसले उक्त व्यक्ति आफ्नो कर्मचारी भएपनि पिशाव भने
नगरेको दावी गरेको छ। राष्ट्रपति ओबामाले यो चुनावी सभामा चीन विरोधी
नितिको घोषणा गरेका थिए ।

No comments:

Post a Comment