Saturday, September 1, 2012

दलितैले पानी थाप्न नदिएपछि !

१६ भदौ, पर्सा । पर्साको लहारबरथकरी खेस्राहा ६ कीसुशीलादेवी डोमको घरअगाडी चापाकल छ तर चाहेका बेला उनी पानी थाप्न सक्दिनन् । उक्त चापाकल मुसहर जातिको जग्गामा छ । दलित (डोम) जातिकी सुशीलालाई अर्को दलित (मुसहर) जातिकाले चापाकल चलाउन रोक लगाएका हुन् ।
मधेशमा अझै डोमलाई दलितमा पनि कथित तल्लो स्तरको भन्दै छुवाछुत कायम छ । दलितमा उपल्लो र तल्लो जातिको सोच राखेर विभेद गर्ने प्रचलन रहेको गैरसरकारी संस्था बि्रलेन्ट युवा क्लबबा सामाजिक परिचालक धमेन्द्र चौरसियाले बताए ।
लहाबरथकरी ६ मा बस्ने डोम परिवारलाई तिर्खा लाग्दा चापाकल चलाउन नपाईने बाध्यता रहेको खबर कान्तिपुर दैनिकमा खबर छ । डोम र मुसहर जातिबीचको विभेद हटाउन विभिन्न संघसस्थाले खेस्राहामा जनचेतना कार्यक्रम सञ्चालन गरेका छन् । खेस्राहा उपभोक्ता समितिका अध्यक्ष मदन माझीका अनुसार पिछडिएका दलित समुदायमा छुवाछुत अझै कायमै छ ।

No comments:

Post a Comment