Wednesday, September 19, 2012

'मेरो मृ्त्युको लागी महंगी जिम्मेवार छ'

३ असोज, एजेन्सी (दिल्ली)। निरतन्तर बढीरहेको महंगीबाट दिक्क मानेर एक
युवकले आत्महत्या गरेका छन् । दिल्लीको गाजियाबादमा एक फ्याक्ट्रिमा काम
गर्दै आएका २१ वर्षीय भरत तोमरले यही सोमबार आफू काम गर्ने फ्याक्ट्रिमा
नै आत्महत्या गरेका हुन् ।
भरतले फ्याक्ट्रीभित्र झुण्डिएर आत्महत्या गरेको प्रहरीले जनाएको छ ।
भरतले आत्महत्याको नोटमा आफ्नोमृ्त्युको जिम्मेवार कुनै व्यक्ति नभएर
बढ्दै गरेको महंगी भएको लेखेका छन् । आफू बढ्दै गरेको महंगीबाट दिक्क भएर
आत्महत्या गर्ने अवस्थामा पुगेको उक्त नोटमा लेखेका छन् ।
प्रहरीले जनाए अनुसार भरत आर्थीक समस्याबाट गुज्रिरहेका थिए र महंगी पनि
बढ्न थालेपछी उनी दिक्क भएका थिए । उनले राम्रो जागिर खोजेको भएपनि
खोजेजस्तो जागिर पाउन सकेका थिएनन् ।

No comments:

Post a Comment