Sunday, September 9, 2012

एक किलो सुनको तक्मा माग्दै मजदुरले गरे तारे होटल बन्द

२४ भदौ, काठमाण्डौं । एक किलोभन्दा बढी तौलको सुनको तक्मा दिनुपर्ने माग गर्दै मजदुरहरुले ललितपुर कुपन्डोलस्थित दुईतारे होटल ग्रिनविच भिलेज बन्द गराएका छन् ।
एकीकृत नेकपा माओवादी र एमाले समर्थित मजदुर युनियनमा आवद्ध मजदुरले होटल व्यवस्थापन समक्ष राखेका २२ सूत्रीय मागपत्रमा पुराना कर्मचारीलाई एक किलो भन्दा बढी तौल भएको सुनको तक्मा दिनुपर्ने माग गरिएको खबर नागरिक दैनिकले छापेको छ ।
सुनको तक्मा दिनुपर्नेसहित विभिन्न माग राख्दै मजदुरहरुले गत मंगलबार नै होटल बन्द गराएका हुन् । मजदुर युनियनले होटल व्यवस्थापनलाई बुझाएको मागपत्रअनुसार २० बर्ष काम गरिसकेका कर्मचारीलाई १ किलो १ सय ग्राम (९४.३० तोला) तथा १५ बर्ष काम गरेकालाई ५ सय ५० ग्राम (४७.१५ तोला) सुनको तक्मा दिनुपर्ने माग गरेका छन् ।
मजदुरको माग सुनेर हामी त तीन छक्क पर्यौ,’ होटलका नायब प्रबन्ध निर्देशक प्रवीण आचार्यले भने ‘सेवा सुविधा बृद्धिको माग गर्नु त स्वभाविक हो, तर यसखाले माग कहिल्यै नसुनेको र यो कति जायज हो, मजदुरलाई नै थाहा होला’ उनले भने ।
आचार्यले भने – ‘हामीले शनिबार गरेको हिसाब अनुसार २० बर्ष भन्दा बढी काम गरेका मजदुरलाई दिईने तक्माको मुल्य ५७ लाख ५ हजार ५ सय ८९ पर्छ भने १५ बर्ष काम गर्नेका लागि दिइने तक्मामा २८ लाख ५२ हजार ७ सय ९४ रुपैयाँ पर्ने छ । सुनको भाउ दिन दिनै बढीरहेको छ । ‘

No comments:

Post a Comment