Sunday, September 9, 2012

अब देशभर एक रुपैयाँ मिनेटमा कल

२४ भदौ, काठमाण्डौं । नेपाल टेलिकमको ल्यान्डलाइनबाट देशभरि अव जहाँसुकै फोन गरे पनि मिनेटको एक रुपैयाँमात्र लाग्ने भएको छ । टेलिकमले असोजदेखि एसटिडी महसुल हटाएर मिनेटको एक रुपैयाँ बनाउने तयारी गरेको हो ।
टेलिकमको नयाँ महसुल प्रस्तावलाई दूरसञ्चार प्राधिकरणले स्वीकृति दिएको छ । ‘हामीले स्वीकृत गरेको दर अनुसार अव देशभरि टेलिकमको ल्यान्डलाइनमा एसटिडी चार्ज लाग्दैन,’ प्राधिकरणका निर्देशक आनन्दराज खनालले भने ।
अहिले एउटै अञ्चलभत्रि एसटिडि कल गर्दा मिनेटको एक रुपैयाँमात्र लाग्छ । तर, अर्को अञ्चलमा फोन र्दा मिनेटको दुई रुपैयाँ लागिरहेको खबर नागरिक दैनिकले छापेको छ । टेलिकमले मोवाइल सेवा झै सर्वसुलभ बनाउन महसुल घटाउने तयारी गरेको टेलिकमकी प्रवक्ता गुणकेशरी प्रधानले जानकारी दिईन ।

No comments:

Post a Comment