Sunday, September 9, 2012

गुल्मीमा बस दुर्घटना १० जनाको मृत्यु, उद्दारकार्य जारी

२४ भदौ, गुल्मी । गुल्मीमा आज विहान भएको यात्रुबाहक बस दुर्घटनामा १० जनाको मृत्यु भएको छ । गुल्मीबाट काठमाण्डौं आउँदै गरेको लु १ ख ५५८३नम्बरको बस श्रृंगामा दुर्घटना भएको हो । मृतकको परिचय खुल्न सकेको छैन भने उद्दार कार्य जारी रहेको छ ।
बस सडकबाट करिब आठ सय मिटर तल खसेका कारण मृतकको संख्या बढ्न सक्ने स्थानियले बताएका छन् । साघुरो बाटो र घुम्ती भएका कारण दुर्घटन भएको हुन सक्ने प्रहरीको अनुमान छ ।

No comments:

Post a Comment