Tuesday, September 11, 2012

गर्भवती प्रेमीकालाई काटेर कुकुरलाई मासु

असल प्रेमीले प्रेमका खातिर आफ्नै बलिदान दिनसक्छ । तर यो दुनियामा यस्ता
कलंकित कथित प्रेमीहरु पनि हुँदारहेछन् जसले कुकुरलाई मासु खुवाउन
प्रेमीकाको हत्या गर्छन् ।
ब्राजिलमा हालै यस्तै दर्दनाक घटना सार्वजनिक भएको छ । त्यहाँका एकजना
फुटबल खेलाडीले आफ्नी प्रेमिकाको हत्या गरी उनको मासु कुकुरलाइ खान दिएको
खबर सार्वजनिक भएको छ ।
ब्राजिलका स्टार गोलकिपर ब्रूनो फर्नान्डिजले आफ्नी गर्लफ्रेन्ड तथा
मोडेल एलिजा स्यामुडियोको हत्या गरी उनको मासु घरमा पालेको कुकुरलाई खान
दिएको बताइएको छ । ब्रूनो र एलिजाबीच लामो समयदेखि प्रेम सम्बन्ध थियो ।
तर जब एलिजाले ब्रूनोसँगकै सम्बन्धबाट गर्भवती भइन् तब ब्रूनो अताल्लिए ।
उनले प्रेमिकालाई गर्भ तुहाउन भने तर एलिजाले बच्चालाई जन्म दिने बताएपछि
ब्रूनोले एलिजाको दर्दनाक तबरले हत्या गरे ।
समाचार अनुसार २५ वर्षीय मोडेल एलिजाले बच्चा जन्माएरै छाड्ने ढिपी
गरेपछि उनको हत्या गर्ने योजना बनाएर ब्रुनोले अरु ८ जना साथीको सहयोग
लिएर एलिजाको अपहरण गरे । अपहरण पछि एलिजालाई कुनै अर्को सहरमा लगियो र
तडपाइ तडपाइ मारियो ।
मारेर मात्र पनि ब्रूनोको चित्त बुझेन । उनले एलिजाको शवलाई टुक्राटुक्रा
पारेर काटे । केही टुक्रा घरमा ल्याएर कुकुरलाई खुवाए र बँचेखुसेका
टुक्राहरु डढाइदिए । तर सान्तोष नामका एक निजि जासुसले भने यो अपराधको
पोल खोलेपछि ब्रूनोको कर्तुत पर्दाफास भएको हो ।

No comments:

Post a Comment