Tuesday, September 11, 2012

विद्यार्थीलाई ग्याँसमा २ सय ५० र मटि्टतेलमा १० रुपैयाँ छुट

२६ भदौ, काठमाडौं । सरकारले असोज १ गतेदेखि विद्यार्थीलाई ग्यासँ र
मटि्टतेलमा छुट दिने भएको छ ।
बाणिज्य तथा आपूर्ति मन्त्रालयले सामुदायिक उच्चमावि, सरकारी विश्व
विद्यालय र पब्लिक ब्याम्पसहरुमा अध्यननरत विद्यार्थीहरुका लागि खाना
पकाउने एलपी ग्याँसमा प्रतिसिलिण्डर २ सय ५० र मटि्टतेलमा प्रतिलिटर १०
रुपैयाँ छुट दिने निर्णय गरेको हो । विपन्न बर्ग, किसान र
विद्यार्थीहरुलाई राहत दिनबारे उच्चस्तरीय कार्यदलले गरेको सिफारिसका
आधारमा छुटको निर्णयगरिएको हो ।
ग्याँसको बजार मूल्य प्रतिसिलिण्डर १४ सय ७० रुपैयाँ छ भने मटि्टतेलको
प्रतिलिटर ९७ रुपैयाँ छ । मन्त्रालयले किसानहरुलाई डिजेलमा छुट दिनेबारे
केही दिनमा नै निर्णय हुने बताएको छ । गरिबहरुको पहिचान गरी परिपत्र पत्र
वितरणको तयारी भइरहेकाले डिजेलमा छुटबारे हाल निर्णय नगरिएको हो ।
मन्त्रालयले भोलिका लागि आहृवान गरिएको बन्दससिहतका सम्पर्ण आन्दोलनका
कार्यक्रम फिर्ता लिन समेत विद्यार्थीहरुलाई आग्रह गरेको छ ।

No comments:

Post a Comment