Sunday, September 23, 2012

बाँदर भनेर गोली हान्दा श्रीमती खुत्रुक्कै

७ असोज, रुकुम । रुकुमको रुकुमकोट गाविस वडा नम्बर १ रानीकोटमा वेदप्रसाद
पुनले बाँदर भनेर आफ्नै श्रीमतीको हत्या गरेका छन् ।
पुनले बाँदर जस्तै देखेर गोली चलाउँदा श्रीमती वसन्ती पुनको मृत्यु भएको
इलाका प्रहरी कार्यालय रुकुमकोटले जनाएको छ । घर नजिकैको धारामा पानी लिन
जाँदै गरेकी वसन्तीलाई बाँदर मार्न खरबारीमा बसेका वेदप्रकाशले गोली
हानेका थिए ।
उनले हानेको बन्दुकको गोली श्रीमतीको घाँटीमा लागेको थियो । वेदप्रकाशलाई
बन्दुकसहित प्रहरीले नियन्त्रणमा लिएको छ ।
घटना शनिबार बिहान भएको भए पनि सञ्चारको अभावमा राति अबेर मात्र घटनाको
बारेमा जानकारी पाएको प्रहरीले जनाएको छ ।

No comments:

Post a Comment