Tuesday, September 11, 2012

दिउँसो पैसा आयो अनि बेलुका मृत्युको खबर

२६ भदौ, काठमाण्डौं । ०६९ जेठ १७ गते दिउँसो साउदीबाट श्रीमान्ले पठाएको
६७ हजार रुपैयाँ घर खर्च लिएर फुरुङ्ग बन्दै घर फर्केकी डिलमाया सुनारलाई
घरको दैलोमा टेक्न नपाउँदै मोवाइलमा फोन आयो, यामबहादुर सुनारको मृत्यु
भएको छ ।
'बिहान मोवाइलमा मलाई त्यति सन्चो छैन, दसैंमा छुट्टीमा आउँछु । अहिले
यतिले घर खर्च चलाउ भन्नुभाथ्यो, बेलुका नराम्रो खबर आयो,' डिलमाया
भक्कानिइन् । बोल्न सकिनन् । छेवैमा बसेका १० बर्षका विशाल र ७ बर्षका
विवेकले पनि आमाको मुखतिर हेर्दै पिलपिल आँसु झारे ।
धनकमाउन साउदी गएको एक बर्ष आठ महिनापछि रत्नेचौर गाविस ७ अर्जमका ३८
बर्षका यामबहादुरले साउदीमै आत्महत्या गरेको खबर परिवारले पायो । तर
मृत्यु भएको खबर तीन महिना अघि नै पाएपनि अझै परिवारले मृतकको शव भने
पाउन सकेको छैन् । यामबहादुरको मृत्युको खबर भने साउदीमै कार्यरत
सोमबहादुर सुनारले सुनाएका थिए । साउदी स्थित नेपाली दूतावास र नेपालमा
पनि शव ल्याउने विषयमा पहल भइरहेपनिशव आउँने कुनै छाँटकाँट नरहेको खबर
कान्तिपुर दैनिकले छापेको छ ।
श्रीमानको मृत्युसँगै नजिकैको बोडिङस्कूलमा पढ्दै गरेका आफ्ना छोराहरुलाई
पनि सामुदायीक विद्यालयमा भर्ना गरिनेको डिलमायाले बताइन् ।

No comments:

Post a Comment