Saturday, September 1, 2012

श्रीमानलाई सहिद घोषणा नगरे आत्मदाह गर्ने चेतावनी

काठमाडौं, भाद्र १५ - कुस्ती खेलाडी श्रीमान् उपेन्द्रदास वैरागीलाई सहिद
घोषणा गरी हत्यारालाई कारबाही नगरे आठ दिनभित्र दुई छोरासहित सिंहदरबारको
मूल गेटमा आत्मदाह गर्ने उनकी श्रीमतीले चेतावनी दिएकी छन् ।
सन् १९९९ को आठौं साफ खेलकुदमा कुस्ती खेलमा काश्य पदक विजेता
अन्तर्राष्ट्रिय कुश्ती खेलाडी उपेन्द्रदास वैरागी (यादव) को अज्ञात
समूहबाट हत्या भएको १४ महिना वितिसक्दा पनि राज्यले अपराधीलाई पत्ता लगाई
कारवाही नगरेको, पीडित परिवारलाई राहत नदिएको र मृतकलाई शहिद घोषणा
नगरेको भन्दै श्रीमती रामकुमारी यादवले आत्मदाह गर्ने चेतावनी दिएकी हुन्

'मेरो श्रीमानलाई शहिद घोषणा गरी मेरा दुई छोराहरुको शिक्षा, पालनपोषण
राज्यले गर्नुपर्छ र हत्यारालाई कारवाही गर्नुपर्छ म सरकारलाई ८ दिनको
समय दिन्छु मेरो रोदन सुनिएन भने
रौतहट जिल्लाको प्रेमपुर वडानै १ गोनाही गाउाका स्थायी निवासी वैरागीको
२०६८ असार २३ गते रौतहटको गौरमा अज्ञात समूहले गोली हानी हत्या गरेको
थियो । वैरागीका श्रीमती र दुई छोरा छन् ।

No comments:

Post a Comment