Friday, August 31, 2012

बिनाभिसा ब्राजिल पठाउने अध्यागमन कर्मचारीलाई कारबाही हुने

सुरेन्द्र पौडेल, काठमाडौं, भदौ १५- अध्यागमन विभागले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट जेठ ३१ गते 'सेटिङ' मा ब्राजिल उडेका पाँच नेपाली नागरिकलाई सघाउने आफ्ना कर्मचारीमाथि छानबिन गर्ने भएको छ । बिनाभिसा पुगेका पाँचजनालाई अध्यागमन कर्मचारीले विमानस्थलभित्र प्रवेश गर्न मद्दत गरेको तथ्य बाहिर आएपछि विभागले तिनीहरूमाथि छानबिन गर्ने जनाएको हो।
'त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा कार्यरत अध्यागमनका कर्मचारीको मिलेमतोमा बिनाभिसा सेटिङमा पाँचजना ब्राजिल पुगेको मिडियाबाट थाहा भयो,' विभागका महानिर्देशक सुरेश अधिकारीले नागरिकसँग संक्षिप्त प्रतिक्रियामा भने, 'सत्यतथ्य के हो छानबिन हुन्छ। विभागले शुक्रबारबाट छानबिन सुरु गर्छ।'
मानव तस्करहरुको अमेरिका छिराई दिने आश्वासनमा ब्राजिल पुगी अलपत्र परेर फर्केकाले बिना भिसा टिआइए पुगेका आफूहरुलाई अध्यागमनका कर्मचारीले सघाएको बताएपछि छानबिन प्रक्रिया अघि बढाइएको हो।
टिआइएमा सेटिङ मिलाई मानव तस्करहरुले अमेरिका छिराइदिने भन्दै प्रतिव्यक्ति २२ लाख रुपैयाँसम्म लिने गरेको ब्राजिलमा पुगी अलपत्र पर्नेर फर्केकाले बताउँदै आएका छन्। यसरी नै ब्राजिलमा अलपत्र परी आइतबार काठमाडौं आइपुगेका पाँचजनालाई गत जेठ ३१ गते टिआईएमा अध्यागमनका कर्मचारीले खाली राहदानीमा 'डिपार्चर' छाप हानी विमानस्थल प्रवेश गर्न सघाएका थिए।
सेटिङमा ब्राजिल पुगी फर्केका मध्ये गोर्खाका एक व्यत्तिका अनुसार जेठ ३१ गते उनी लगायत पाँच जना कतार एयरवेजको उडानमा कतारको दोहाहुँदै ब्राजिलको साओपाओलो पुगेका थिए। उनीहरु जेठ ३१ गते राति ११ः३५ बजे 'कतार एयरवेज - ३५५' नम्बर फ्लाइटमा टिआईएबाट उडेका थिए।
टिआइएस्थित अध्यागमनमा चेकजाँचका क्रममा कर्मचारीले उनीहरुसँग सुरुमा राहदानी मागेका थिए। आफूहरु ब्राजिल जान लागेको बताएपछि अध्यागमनका कर्मचारीले उनीहरुको राहदानीमा उल्लेख नाम र टेबुलमुनि रहेको एउटा कागज झिकी त्यहाँ उल्लेख नाम जुधाई हेरेका थिए। नाम मिलेपछि अध्यागमनका कर्मचारीले हाँस्दै उनीहरुको राहदानीमा डिपार्चर स्ट्याम्प लगाई जानसंकेत गरेका थिए।
सेटिङमा जेठ ३१ गते राति ब्राजिल हिँडेका पाँचजनाको जहाजको टिकट नम्बर क्रमशः १५७५०६८५९८०७५, १५७५०६८५९८०७६, १५७५०६८५९८०७७, १५७५०६८५९८०७८ र १५७५०६८५९८०७९ रहेको छ। उनीहरु पाँच जनामध्ये एक जनाको राहदानी लगाइएको डिपार्चर स्टिकरको सिरियल नम्बर ४८१०७९६ रहेको छ। उनीहरु अध्यागमनका दुईवटा काउन्टरबाट चेकजाँच पास भई विमानसम्म पुगेका थिए।
ब्राजिलले नेपाली साधारण राहदानीमा 'अनअराइएभल भिसा' दिने गरेको छैन। बिना भिसा ब्राजिल जान विमानस्थल पुगेका ती पाँच जनालाई अध्यागमनका कर्मचारीले खाली राहदानीमा डिपार्चर स्ट्याम्प लगाई सेटिङमा मानवतस्करहरुलाई सघाएका थिए।
बिनाभिसा जेठ ३१ गते टिआइएबाट कतार एयरवेजमा उडेका उनीहरु सबा चार घन्टाको उडानमा दोहा पुगेका थिए। दोहामा ६ घण्टा ट्रान्जिट थियो। त्यसपछि उनीहरु सेटिङमै दोहाबाट 'कतार एयरवेज - ९२१' विमानमा १४ घण्टा लामो यात्रा गरी जेठ ३२ गते ब्राजिलको साओपाओलो पुगेका थिए। काठमाडौंबाट उड्दा उनीहरुसँग खाली राहदानी र साओपाओलोसम्मको मात्र हवाइटिकट हातमा थियो।
साओपाओलो विमानस्थलमा २२ घन्टा ट्रान्जिटमा बिताएपछि असार १ गते ब्राजिलियन एजेन्टले उनीहरुलाई बोलिभियाको सान्तात्रु्कज र सान्तात्रु्कजबाट लापाजसम्मको हवाई टिकट थमाएका थिए। साओपाओलोबाट दुईघण्टामा सान्तात्रु्कज पुगी उनीहरुले बोलिभियाको भिसा लगाए लगत्तै डेढ घण्टाको हवाइ यात्रापछि उनीहरु लापाजपुगेका थिए। लापाजमा ब्राजिलको भिसा लगाएपछि उनीहरु ५१ घण्टा बस यात्र गरी साउन ७ गते पुनः साओपाओले पुगेका थिए।
साओपाओलोमा अलपत्र छोडी दलालभागेपछि काठमाडौंमा रहेका आफन्तलाई फोन गरी हवाइ टिकटको व्वस्था मिलाई उनीहरूआइतबार काठमाडौं आइपुगेका हुन्। यसर सेटिङमा अमेरिका जान भनि हिडेका हजारभन्दा बढी नेपालीहरु अहिले ल्याटिनअमेरिकी राष्ट्र ब्राजिल, बोलिभिया, चिली, कोस्टारिकामा अलपत्र छन्। केही दिन अघि मात्र कोस्टारिकामा सात जना नेपालीपक्राउ परेका थिए।
टिआइएमा सेटिङ मिलाई मानव तस्करहरुले नेपालीलाई ब्राजिलबाट बोलिभिया, पेरु, इक्वेडर, कोलम्बिया, पानामा, कोष्टारिका, निकारागुवा, होन्डुरस, ग्वाटेमाला, मेक्सिको हुँदै अमेरिका छिराउने गर्छन्। यसरी तस्करको पछि लागेर जाने केहीको बाटोमै मृत्यु हुने गर्छ भने थोरै मात्र अमेरिका छिर्न सफल हुन्छन्। अधिकांशबीच बाटोमै अलपत्र पर्ने गर्छन्।
विमानस्थलस्थित अध्यागमन कार्यालय स्रोतका अनुसार जेठ३१ गते सेटिङमा पाँच जना ब्राजिल जाने समय (राति ११ः३५ बजे) मा ११ जना अध्यागमनका वरिष्ठ अध्यागमन सहायक त्यहाँ कार्यरत थिए। स्रोतकाअनुसार त्यतीबेला वरिष्ठ अध्यागमन सहायकहरु कृष्णप्रसाद दाहाल, राजेन्द्र शर्मा, धर्मराज काफ्ले, गणेशप्रसाद घिमिरे, लक्ष्मण दूलाल, सूर्यकुमार पोखरेल, नवराज कोइराल, अनिलकुमार शाही, ओमप्रसाद सुवेदी, महेश पोखरेल र रामकुमार ओझाको ड्युटी परेकोथियो।
सेटिङमा ब्राजिल पुगी फकर्नहरुको अनुसार उनीहरुलाई टिआईमा सघाउने दुईवटा काउन्टरमा रहेका अध्यागमनका दुई जना कर्मचारीथिए। विमानस्थलमा हुने सेटिङबारे थप बुझ्न खोज्दा अध्यागमन बिभागका महानिर्देशक अधिकारीले छानबिन पछि मात्र बोल्ने जनाए।

1 comment:

  1. म एडम्स KEVIN, Aiico बीमा plc को एक प्रतिनिधि, हामी भरोसा र एक ऋण बाहिर दिन मा व्यक्तिगत मतभेद आदर। हामी ऋण चासो दर को 2% प्रदान गर्नेछ। तपाईं यस व्यवसाय मा चासो हो भने अब आफ्नो ऋण कागजातहरू ठीक जारी हस्तांतरण ई-मेल (adams.credi@gmail.com) गरेर हामीलाई सम्पर्क। Plc.you पनि इमेल गरेर हामीलाई सम्पर्क गर्न सक्नुहुन्छ तपाईं aiico बीमा गर्न धेरै स्वागत छ भने व्यापार वा स्कूल स्थापित गर्न एक ऋण आवश्यकता हो (aiicco_insuranceplc@yahoo.com) हामी सन्तुलन स्थानान्तरण अनुरोध गर्न सक्छौं पहिलो हप्ता।

    व्यक्तिगत व्यवसायका लागि ऋण चाहिन्छ? तपाईं आफ्नो इमेल संपर्क भने उपरोक्त तुरुन्तै आफ्नो ऋण स्थानान्तरण प्रक्रिया गर्न
    ठीक।

    ReplyDelete