Friday, August 31, 2012

नायिका विपना थापा विरूद्ध मुद्दा

नेपाली चलचित्रका नायिका विपना थापा विरुद्ध ऋण असुली न्यायाधीकरणमा
मुद्दा दर्ता भएको छ । केही वर्ष अघिसम्म पनि नेपाली चलचित्र क्षेत्रमा
निकै व्यस्त र स्थापित नायिकाको रुपमा चिनिने उनले काठमाडौमा रहेको
केन्द्रिय कार्यालय नेशनलफाइनान्सबाट हायर पर्चेज कर्जा लिएका थिइन् तर
कर्जावापतको सम्पूर्ण रकम चुक्ता नगरेपछि फाइनान्सले उनी विरुद्ध
न्यायधिकरणमा मुद्दा दर्ता गरेको हो ।
फाइनान्सबाट कर्जा लिएपछि लामो समयसम्म सम्पर्कबाहिर रहेको र कर्जा तिर्न
आउनको लागि विभिन्न माध्यमद्वारा पटक–पटक सम्पर्क गरे पनि थापाले कर्जा
तिर्ने विषयमा कुनै पनि चासो नदेखाएपछि फाइनान्सले न्यायाधीकरणमा मुद्दा
दर्ता गरिएको जनाएको छ । विपना थापाले तत्कालीन समयमा हायर पर्चेज लोन
अन्तर्गत गाडी खरिद गर्नको लागि कर्जा लिएको फाइनान्सले जनाएको छ । उक्त
कर्जामा सोही गाडी नै धितो रहेको अवस्थामा फाइनान्सले धितोमा रहेको गाडी
भने यसअघि नै लिलाम बढाबढ मार्फत बिक्री गरिसकेको छ तर गाडी बिक्री गर्दा
पनि कर्जाको साँवाब्याज रकम पूर्णरुपमा असुली नभएपछि फाइनान्सकै आग्रहमा
कर्जा सूचना केन्द्रले नायिका थापालाई कालो सूचीमा राखेको छ ।
थापासँग कर्जावापत फाइनान्सले अझै झण्डै ८ लाख रुपैयाँ उठाउन बाँकी रहेको
छ । ऋणको लागि साक्षी मात्र बसिदिएको तेज इन्टरप्राइजेजले जनाएको छ ।
स्रोतका अनुसार नायिका विपना थापा लामो समयदेखि नेपाली फिल्मी क्षेत्रबाट
टाढिएर विवाह गरी भारतमा घरजम गरी बस्दै आएकी छिन् ।

No comments:

Post a Comment