Wednesday, May 2, 2012

जनकपुरमा फेरि विष्फोटको आवाज

-
जनपुरको रामानन्द चोकमा बुधबार अपरान्ह फेरि विष्फोटको आवाज सुनिएको छ । चोकबाट डेढ सय मिटर दक्षिण रामजानकी सीनेमा हल नजिकै सुनिएको उक्त आवाजबाट सर्वसाधारण थप त्रसित भएका छन् ।
प्रहरीले आवाज सुनिएको क्षेत्रमा अनुसन्धान सुरु गरेको छ । प्रहरीका अनुसार कुनै क्षति भएको भेटिएको छैन । दुई दिन अगाडि चार जनाको ज्यान जाने गरी रामानन्द चोकमा विष्फोट भएको घट्नापछि जनकपुर शोकमा डुबेको छ । जनकपुर बजार अझ बन्द रहेको छ ।

No comments:

Post a Comment