Monday, August 27, 2012

पोखरामा महिलाले थाल ठटाउने,युवाले सिठ्ठी बजाउने

११ भदौ,पोखरा । पोखरा क्षेत्रीय अन्तराष्ट्रिय विमानस्थल निमार्णको लागि दवाव थालिएको रिले अनसन आज पाचौ दिनपनि जारी छ । रिले अनसनस्थलमा विभिन्न संघ संस्थाका प्रतिनिधि आएर आन्दोलनमा एक्यवद्धता समेत जनाएका छन् भने छिमेकी जिल्लाका विभिन्न संघ सस्थाले पनि एक्यवद्धता जनाउदै आन्दोलनमा सहभागि हुने प्रतिवद्धता व्यक्त गरेका छन् ।
आज बिहान ८ बजेदेखि यातायात व्यवसायी र मजदुर अनसनमा बसेका छन् ।
यसअघि अनसनमा आईतबार विहान ८ बजेदेखि राजनीतिक दलका कास्की स्थित प्रमुख नेताहरु अनसनमा बसेका थिए ।
यसैबीच, पोखराका महिलाहरुले र्यालिसहित थाल ठट्टाएर पोखरा क्षेत्रीय अन्तराष्ट्रिय विमानस्थल निर्माणको लागि दवाब दिने भएका छन् । पोखराका सबै १८ वटै वडाका महिलाहरुले भोलि पूर्वान्ह ११ बजे सबै १८ वटै वडा कार्यालयबाट ¥यालि निकालि अनसन स्थल पोखरा एयरपोर्ट गेट अगाडी आएर ५ मिनेट थाल ठट्टाउन लागेका हुन् ।स्वतःस्फूर्त गरिन लागेको र्यालिसहित थाल ठट्टाउने कार्यक्रममा पार्टीमा आबद्ध महिला तथाआमा समूहसहित विभिन्न संघसंस्थाका महिलाहरुको सहभागिता रहने बताइएको छ ।सोमबार नै युवाहरुले महेन्द्रपुलदेखि सिठी बजाउदै अनसनस्थलमा पुग्नेछन् भने खेलाडिहरुले अनसन अगाडी आफ्नो कला, कौसल देखाउने कार्यक्रम पनि रहेको छ ।
भोली १२ गते पोखराका सम्पूर्ण निजामति, संस्थान रस्थानीय निकायका कर्मचारीले ¥यालि सहित पोखरा विमानस्थल निर्माणको लागि थालिएको आन्दोलनमा ऐक्यवद्धता जनाउने बताइएको छ

No comments:

Post a Comment