Monday, August 27, 2012

भक्तपुरमा महिलाको हत्या, श्रीमान् फरार

, भाद्र ११ - भक्तपुर नगरपालिका- ११ भेलुखेलमा आइतबार राति एक महिलाको हत्या भएको छ । हत्या पछि श्रीमान् फरार छन् ।
भेलुखेलस्थित आफ्नै निवासमा ३६ वर्षीया शोभा देउलालाई घाँटीमा गोली हानिएको अवस्थामा प्रहरीले सोमबार बिहान फेला पारेको छ । कोठामा एकखोका गोली पनि भेटिएको भक्तपुर प्रहरीले जनाएको छ ।
आइतबार राति सँगै खाना खाएका श्रीमान् राजेश घरमा नहुनु र दुई छोरी, एक छोरालाई आफन्तकोमा सुत्न पठाउनुले हत्या श्रीमानले नै गरेको हुन सक्ने प्रहरीको अनुमान छ ।

No comments:

Post a Comment