Tuesday, August 28, 2012

अमेरिकामा नेपालको माकेर्टिङ पुगेन

१२ भदौ, काठमाण्डौं । संयुक्त राज्य अमेरिकाले दिएको सहुलियतपूर्ण बजार सुविधा -जीएसपी) पाउने बस्तुको बजारीकरण गर्न अमेरिकी व्यापार प्रतिनिधिले सुझाब दिएका छन् । अमेरिका र नेपालबीच व्यापारिक सम्भावनाबारे त्यहाका उद्योगी, व्यवसायी र सरकारी अधिकारीसँगको छलफलमा सहभागी अमेरिकी व्यापार कार्यालयका व्यापार प्रतिनिधि विलियम ज्याक्सनले अमेरिकी आयातकर्तामाझ अझ बढी प्रचार गर्नुपर्ने बताए । व्यपार कार्यालयको जीएसपी उपसमितिका अध्यक्ष ज्याक्सनले व्यापार विविधीकरणमा जोड दिन आग्रह गरेका थिए ।
अमेरिकाले ४ हजार ९ सय ७५ नेपाली बस्तुलाई सहुलियतसहितको बजार सुविधा दिएको खबर कारोबार दैनिकमा छ । यो सुविधा पाएका बस्तुको निर्यात लागत २ देखि १३ प्रतिशतसम्म कम हुन्छ । यस्तो सुविधा पाए पनि जीएसपी अन्तर्गत अमेरिका तर्फ जएसपी अन्तर्गत अमेरिका तर्फ नेपालको निर्यात न्यून छ ।
नेपालकी व्यवसायीसँगको छलफलमा पनि ज्याक्सनले उत्पादनलाई विविधिकरण गर्न र जीएसपी सुविधाको भरपुर उपयोग गर्न सुझाब दिएका थिए ।

No comments:

Post a Comment