Tuesday, August 28, 2012

भारत पढ्न जाने विद्याथी नेपाली कम्पनीबाटै ठगिए

१२ भदौ, काठमाण्डौं । भारतमा अध्ययन गर्न जाने नेपाली विद्यार्थी नेपालकै इन्स्टिच्युटबाट ठगिन थालेका छन् ।
राजधानीको ‘श्रीयाम इन्स्टिच्युट’ले भारत अध्ययन गर्न जाने व्यवस्था मिलाउन विद्यार्थीबाट रकम संकलन गरेको थियो । तर, त्यहाँ फैलिएको दंगाका कारण असुरक्षा बढेको भन्दै रकम फिर्ता माग्दा इन्स्टिच्युटले नदिएको विद्यार्थीहरुले बताएका छन् ।
विद्यार्थीका अनुसार सुरुमा परामर्शका लागि इन्स्टिच्युट पुग्दा अगि्रम भर्नाका लागि रकम जम्मा गर्न लगाईने गरेको कारोबार दैनिकमा खबर छ । ‘दक्षिण भारतमा बढ्दो दंगासँगै विद्यार्थीले आफुले पहिले तिरेको पैसा फिर्ता माग्दा इन्स्टिच्युटले फिर्ता दिँदैन्,’ छात्रा ममता गुरुङले भनिन, उनी नर्सिङ अध्ययनका लागि भारतको बेंग्लोर जाने तयारीमा थिइन् ।
भारतमा मंगोलियन अनुहारका विद्याथीमाथि आक्रमण हुनेक्रम बढेपछि उनी भारत नजाने निर्यायमा पुगेकी छन् । ‘सुरुमा विद्यार्थीले पढ्न मन नगरे पछि रकम फिर्ता गर्ने भनिएको थियो, तर अहिले फिर्ता हुँदैन भन्छन,’ गुरुङले गुनासो गरिन् । आफुसँगै अन्य साथीहरुले पनि विभिन्न इन्स्टिच्युटमा बुझाएको रकम फिर्ता माग्न पहल गरिरहेको उनले बताइन ।

No comments:

Post a Comment