Tuesday, August 28, 2012

नेपाल अन्तराष्ट्रिय रेल सञ्जालमा

१२ भदौ, काठमाण्डौं । नेपाल गत जुन ४ देखि वैधानिक रुपमा अन्तराष्ट्रिय रेल सञ्जालमा जोडिएको छ । ट्रान्स-एशियन रेलवे सञ्जालसम्बन्धी संयुक्त राष्ट्रसंघीय अन्तर सरकारी सम्झौता सो मितिदेखिनेपालमा पनि कार्यान्वयन भएको छ । ‘युएन इकोनोमिक एण्ड सोसल कमिशन फर एशिया एण्ड प्यासिफिक (यूएनइस्क्याप) अन्तर्गत भएको सो सम्झौता अनुमोदनपछि नेपाल विश्वव्यापी रेलमार्ग सञ्जालसँग जोडियो,’ रेलवे विभागका महानिर्देशक रामकुमार लम्सालले भने, ‘अव नेपालले रेलवे लाइनको विस्तार गर्नु बाध्यता जस्तै भएको छ ।’
दक्षिण कोरियाको बुसानमा सन् २००६ मा भएको यूएनइस्क्यापको पारवहनसम्बन्धी मन्त्रीस्तरीयसम्मेलनमा सो सम्झौतामा हस्ताक्षर भएको खबर अभियान दैनिकले छापेको छ ।

No comments:

Post a Comment