Thursday, August 23, 2012

होटलमा एक व्यक्ति मृत फेला

७ भदौ, मोरङ । मोरङको एक होटलमा एक व्यक्ति मृत फेला परेका छन् । मोरङको विराटनगर १४, मा रहेको होटेल यति एन्ड लजको कोठा नम्बर १०१ मा गएराती बासबसेका विराटनगर १३ , का ५० वर्षीय इन्द्र प्रसाद बड्तौला मृत फेला परेको प्रहरीले जनाएको छ ।
बिहान अबेरसम्म कोठा नखुलेपछि शङ्का लागि चियाएर हेर्दा उनको शव कोठाको पङ्खामा झुन्डिएको अवस्थामा फेला परेको थियो । घटनावारे अनुसन्धान भइरहेको जिल्ला प्रहर किार्यालय मोरङले जनाएको छ ।

No comments:

Post a Comment