७ भदौ, काठमाडौं । सुनको भाउले बिहीबार पनि नयाँ रेकर्ड बनाएको छ । बुधबारको रेकर्ड तोड्दै बिहीबार सुनले अर्को कीर्तिमान बनाएको हो । बुधबार तोलाको ५८ हजार५० रुपैंयामा रहेको सुनको भाउ बिहीबार ५८ हजार ६ सय रुपैंया पुगेको छ । चाँदीको भाऊ पनि उसैगरी बढेको छ । बुधबारको तुलनामा २९ रुपैंयाले बढेर चाँदी तोलाको एकहजार ९४ रुपैंया पुगेको छ ।
दुई महिनासम्म उतारचढाव रहेको सुनको भाऊले बुधबारदेखि नयाँ रेकर्ड बनाउन थालेको हो । अहिले अन्तर्राष्ट्रिय बजारमै भाऊ बढेकोले त्यसको असरनेपाली बजारमा पनि परेको नेपाल सुनचाँदी व्यवसायी संघले जनाएको छ । संघका अध्यक्ष तेजरत्न शाक्यका अनुसार सात वर्षदेखि अन्तर्राष्ट्रिय बजार बढिरहेको छ । सुरक्षित लगानी क्षेत्र मानिने सुनमा माग बढेपछि स्वतः भाउ बढ्छ । पेट्रोलियम पदार्थमा भएको मूल्यबृद्धिले पनि सुनको भाउलाई असर गर्छ । किनकी तेलको भाऊ बढ्दा सुन उत्पादनको लागत बढ्छ ।
अमेरिकाको न्यूयोर्कमा रहेको कोमेक्स हाउसको मूल्यको आधारमा स्थानीय बजारमा सुनको मुल्य निर्धारण हुन्छ । त्यहाँको मूल्य, भन्सार शुल्क र बैंक तथा व्यवसायीले लिने कमिशन जोडेर स्थानीय मूल्य निर्धारण गर्ने गरिएको संघको भनाई छ ।
No comments:
Post a Comment