Thursday, August 23, 2012

डडेलधुरा क्याम्पसमा तोडफोड र आगजनी

डडेलधुरा, भाद्र ७ - सुदूरपश्चिमको पहाडी जिल्लामा रहेको एकमात्र शिक्षा क्याम्पस मा बिहीबार विद्यार्थीले तोडफोड र तालाबन्दी गरेकाछन् ।
आफ्नै क्याम्पस का छात्राहरुमाथि यौन शोषणको आरोप लागेका क्याम्पस प्रमुख बद्री बिनाडीले बिदामा बसेको समय क्याम्पस मा अनियमीत तरीकाले कर्मचारी भर्ना गरेको आरोपमा विद्यार्थीहरुले क्याम्पस मा तोडफोड गरेका हुन् । ' क्याम्पस मा आर्थिक अनियमितता र छात्राहरु माथि यौन शोषणको आरोपमा छानबिन चलिरहेकै बेला कर्मचारी समेत नियुक्त गरिएको छ' स्ववियु सभापति विपीन ओझाले भने क्याम्पस को हाजिर रजिष्टर धनगढी स्थित आफ्नै घरमा लगेर बसेका प्रमुखले कर्मचारी समेत भर्ना गरेपछि विद्यार्थीहरु आक्रोशीत भएका हुन्।
विद्यार्थीहरुले क्याम्पस प्रमुखको कोठाबाट कागज पत्रमा आगजनी गर्नुका साथै बिभिन्न सामग्री तोडफोड गरेको क्याम्पस प्रशासनले जानकारी दिएको छ । तालबन्दी समेत भएका कारण के के क्षति भयो भन्ने यकिन जानकारी हुन नसकेको प्रशासनले जनाएको छ ।
क्याम्पस प्रमुख बिनाडीले भवन निर्माण, पुस्तकालय निर्माण र बिभिन्न सामग्री खरिदमा भ्रष्टाचार गरेको भन्दै दुई महिना अघि देखि बिद्यार्थीहरु आन्दोलित भएका छन् । स्थानीय प्रशासनले भने यस बिषयमा कुनै चासो नदेखाएको बिद्यार्थी नेताहरुले आरोप लगाएका छन् ।

No comments:

Post a Comment