Tuesday, August 28, 2012

कोरियामा वर्षा र बाढीको सम्भावना, सजग रहनआव्हान

सउल । कोरियामा भयानक वर्षा र बाढि पहिरोको सम्भावना देखाउँदै जलबायु तथा वतावरण मन्त्रालयले सजग रहन सबैमा आव्हान गरेको छ ।
मन्त्रालयद्धारा सोमबार साँझ प्रकाशित सूचनामा उक्त कुरा जनाईएको हो । बेलाभेन नाम दिएको उक्त आधिहुरिको बेग १६५ किलोमिटर प्रतिघण्टा रहन सक्ने सूचनामा उल्लेख गरिएको छ ।
यस पल्टको बोलाभेन टाईफनमा हुरी बतासका साथमा प्रति घण्टा ३० मिलिमिटिर बर्षात हुनसक्ने अनुमान गरिएको छ भने कतिपय क्षेत्रमा ३०० सय मिटिमिटर सम्म पानी पर्नेसक्ने बताएको छ । सन २००० देखि यताको भयानक आधिहुरि हुनसक्ने जनाउदै कोरियाका कतिपय क्षेत्रका बिधालयहरुमा आपत् कालिन बिदा समेत दिईसकिएको छ ।
दक्षिणकोरियामा यस किसिमका आधिहुरि आइरहने गरेको छ भने यसबाट धेरै जनधनको क्ष्यति हुने गरेको छ । यस प्रकारको सूचनाले कोरियामा रहेका नेपालीहरुमा एक प्रकारको त्रास उत्पन्न भएको छ ।

No comments:

Post a Comment