Friday, August 17, 2012

कांग्रेस-एमालेलाई एउटै मोर्चा बनाउन दाहालको आग्रह

अजित तिवारी, विराटनगर, भदौ १- एकीकृत नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहालले कांग्रेस-एमालेलाई पनि एउटै मोर्चा बनाउन सुझाव दिएका छन्। दाहालले छुट्टा-छुट्टै पार्टीहरुसित वार्ता र सहमती गर्नुभन्दा दुईवटा मोर्चाबीच कुराकानी गर्न सजिलो हुनेभएकाले कांग्रेस-एमालेलाई मोर्चा बनाउन आग्रह गरेका हुन्।
‘कांग्रेस-एमालेले आफ्नो विचार मिल्नेहरुसंग मोर्चाबद्ध भए हुन्छ,' कोचिला राज्य समितिले शुक्रबार विराटनगरमा आयोजना गरेको पत्रकार सम्मेलनमा माओवादी अध्यक्ष दाहालले भने, ‘३३ दलसँग कुरा गर्नुभन्दा दुईटा मोर्चासँग कुरा गर्न सहज हुन्छ।'
कोचिला र लिम्बुवान राज्य स्तरीय कार्यकर्तालाईप्रशिक्षण दिन विराटनगर आइपुगेका दाहालले कांग्रेस-एमालेको मोर्चा बनेमा पार्टीहरुबीच रोकिएको सम्वाद अगाडि बढ्ने बताए। ‘जो ध्रुवीकरणमा लागेका छन् उनीहरु हाम्रो मोर्चाबन्दीबाट डराएका हुन,' दाहालले भने, ‘जनयुद्ध र जनआन्दोलनको उपलब्धी मोर्चाले संस्थागत गर्नेभएकाले अरु तिलमिलाएका हुन्।'

No comments:

Post a Comment