Sunday, August 26, 2012

१८ वर्ष नपुगेकी किशोरीलेमोबाइल चलाउन नपाउने

जयपुर- भारतको उदयपुरवती क्षेत्रको झुन्झुनु जिल्लामा रहेको एक गाउँ पञ्चायतले १८ वर्षमुनिका किशोरीहरुले मोबाइल फोन प्रयोग गर्न नपाउने गरी प्रतिबन्ध लगाएको छ।
पञ्चायतले किशोरीहरुलाई घरबाहिर जाँदा सल लगाउनु पर्ने आदेश पनि जारी गरेको छ। उमेर पुगेका महिलाहरुलाई पनिटाउको छोप्न आदेश दिइएको छ।
मोबाइल फोनको अत्यधिक प्रयोगले किशोरीहरु निबिग्रिउन् भनेर यस्तो आदेशजारी गरिएको पञ्चायतका सदस्यहरुले बताएका छन्। त्यसैगरी केटाहरुलाई पनि मोबाइल फोनमा म्युजिक बजाउन प्रतिबन्ध लगाइएको छ।

No comments:

Post a Comment