Sunday, August 26, 2012

सुनको सिक्री लुटियो

काठमाडौँ, भदौ १० (नागरिक)- सुनको भाउ प्रति तोला ६० हजार नजिक पुगेको बेला सुनका गहना लुटपाटको क्रम बढेको छ। यसै क्रममा काठमाडौँ महानगरपालिका-६ बौद्ध सरस्वती नगरमा भाँडा पसल गरी बस्ने २४ बर्षीया निरु आचार्यको साढे १ तोलाको सुनको सिक्री लुटपाट भएको छ।
उनको पसलमा शनिबार राति आठ बजे मुखमा मास्क लगाई आएका अपरिचित दुई व्यक्तिले भाँडाकिन्ने बहाना बनाई उनी भाँडा झिक्न निहुरेको अवस्थामा घाँटीमा लगाएको उक्त सिक्री लुटेर भागेको प्रहरीले बताएको छ।
फरार लुटेराहरुको खोजतलास गर्नुको साथै यस सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको प्रहरीले बताएको छ।

No comments:

Post a Comment