Sunday, August 26, 2012

अवैध सम्बन्धबाट जन्मिएको शिशु हत्या गर्ने पक्राउ

तनहुँ, भदौ १० (नागरिक)- अबैध सम्बन्धबाट जन्मिएको शिशु गाड्ने आमा प्रहरीको फन्दामापरेकी छन्। अवैध सम्बन्धबाट गत भदौ ५ गते जन्मिएको शिशलाई तनहुँ कोटदरबार- ८, ढुङ्गाडेकी २८ वर्षीया बालकुमारी नेपालीलेगाउँ आडैको जंगलमा गाडेको प्रहरीले जनाएको छ।
पुरुष जातको शिशुकोजन्म पश्चात कर्तव्य ज्यान गरी गाड्दै गर्दा स्थानीय बासिन्दाले देखेपछि भदौ ८ गते स्थानीय बासिन्दा कमला वि.कले प्रहरीमा दिएको उजुरीको आधारमा प्रहरीले घटनाको अनुसनधान प्रक्रिया अघि बढाएको हो।
शिशुलाई गाडिएको भनिएको खाडलमा शव उत्खनन गर्दा कुहिएको अवस्थामा शव फेला परेपछि प्रहरीले शनिवार साँझनेपालीलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी निरिक्षक लेनप्रताप सेनले बताए।

No comments:

Post a Comment