Sunday, August 26, 2012

जापानको क्योटोमा एक नेपालीको मृत्यु

क्युटो सिटी । जापानमा एक नेपालीको खोलामा डुबेर मृत्यु भएको छ । जापानको क्योटो फु पुकुचियामा सी एकिमायचो १४०-३ स्थित इन्डियन रेष्टुरेन्ट नमस्ते किचनमा कार्यरत बागलुङ गल्कोट हटिया बोहराफाँटका श्यामवहादुर बोहराको नुहाउने क्रममा जापानको क्योटो सिटी नजिकै रहेको खोलामा डुबेर ज्यान गएको हो ।
उनी क्युटो सिटी नजिकैको खोलामा साथीहरुसंग नुहाउन गएका बेला खोलामा डुबेर बेपत्ता भएका थिए । उनको शब शनिवारमात्रै फेला परेको गल्कोट समाज जापानले जनाएको छ ।
उनी झन्डै १४ महिना अघि रोजगारीको शिलशिलामा जापान आएका थिए । मृतक बोहराका एक श्रमिति र दूई सन्तान रहेको वताइएको छ ।

No comments:

Post a Comment